कर्णाली सरकारको निर्णयः रातको १२ बजेदेखि सबै नाका सिल, ग्रुप आइसोलेसन गर्दै आयोजना निर्माण पनि गराउने
निर्माण सञ्चार, २२ वैशाख, काठमाडौं । कर्णाली प्रदेश सरकारले आज (सोमबार) राति १२ बजेदेखि आफ्नो प्रदेश प्रवेश गर्ने सबै नाका पूर्ण रुपमा बन्द (सिल) गर्ने भएको छ ।
यो बन्द एक हप्तासम्म रहने छ ।
सोही तथ्यांकको आधारमा प्रदेश सरकारले भारत वा तेस्रो देशबाट आएका तर सम्पर्कमा नआएकाहरुको कोरोना जाँचको व्यवस्था गर्ने छ । दुर्गममा हेलिकोप्टरबाट औषधी पठाउने वैठकले आवश्यक परेमा प्रदेशको दुर्गम स्थानमा हेलिकप्टरबाट समेत स्वास्थ्य जनशक्ति र औषधि पठाउने निर्णय गरेको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । निर्माण कार्य सञ्चालन गराउने साथै, आफ्नो प्रदेशभित्र सञ्चालनमा रहेका तर लकडाउनका कारण रोकिएका आयोजनाहरु पनि सञ्चालन गराउने निर्णय गरेको छ । आफ्नो प्रदेशभित्र उपलब्ध निर्माण सामग्री र जनशक्तिको परिचालन गरी भएका मेसिन उपकरणबाट सञ्चालन हुन सक्नेसम्मका सबै विकास निर्माणका आयोजना सञ्चालन गरिने छ । यसरी पूर्वाधार विकास निर्माण कार्य गराउँदा सम्बन्धित निर्माण व्यवसायीले कामदार तथा प्राविधिकहरुलाई ग्रुप आइसोलेसन गरी सुरक्षा प्रबन्ध मिलाउनु पर्ने निर्णय समेत गरेको मुख्यमन्त्रीका प्रेस संयोजक ध्रुवविक्रम बुढाथोकीले निर्माण सञ्चारलाई जानकारी दिए ।
०००
प्रकाशित: २०७७ बैशाख २२
- आफ्नो प्रदेशभित्र उपलब्ध निर्माण सामग्री र जनशक्तिको परिचालन गरी भएका मेसिन उपकरणबाट सञ्चालन हुन सक्नेसम्मका सबै विकास निर्माणका आयोजना सञ्चालन गरिने छ
सोही तथ्यांकको आधारमा प्रदेश सरकारले भारत वा तेस्रो देशबाट आएका तर सम्पर्कमा नआएकाहरुको कोरोना जाँचको व्यवस्था गर्ने छ । दुर्गममा हेलिकोप्टरबाट औषधी पठाउने वैठकले आवश्यक परेमा प्रदेशको दुर्गम स्थानमा हेलिकप्टरबाट समेत स्वास्थ्य जनशक्ति र औषधि पठाउने निर्णय गरेको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । निर्माण कार्य सञ्चालन गराउने साथै, आफ्नो प्रदेशभित्र सञ्चालनमा रहेका तर लकडाउनका कारण रोकिएका आयोजनाहरु पनि सञ्चालन गराउने निर्णय गरेको छ । आफ्नो प्रदेशभित्र उपलब्ध निर्माण सामग्री र जनशक्तिको परिचालन गरी भएका मेसिन उपकरणबाट सञ्चालन हुन सक्नेसम्मका सबै विकास निर्माणका आयोजना सञ्चालन गरिने छ । यसरी पूर्वाधार विकास निर्माण कार्य गराउँदा सम्बन्धित निर्माण व्यवसायीले कामदार तथा प्राविधिकहरुलाई ग्रुप आइसोलेसन गरी सुरक्षा प्रबन्ध मिलाउनु पर्ने निर्णय समेत गरेको मुख्यमन्त्रीका प्रेस संयोजक ध्रुवविक्रम बुढाथोकीले निर्माण सञ्चारलाई जानकारी दिए ।
०००
प्रकाशित: २०७७ बैशाख २२
May 4th 2020
प्रतिक्रिया दिनुहोस्