नेपाली समय: ०७:५१:१४ बेलुका
वि.सं २०७८ मंसिर २०   सोमवार

कनकासुन्दरीको पूर्वाधार विकास सुस्तः उपभोक्तानै पूर्वाधार विकासका बाधक !

निर्माण सञ्चार,०४ माघ, काठमाडौं । कनकासुन्दरी गाउँपालिकाले आफ्नो साढे तीन वर्षे कार्यकालमा प्रयाप्त बजेट हुँदा पनि लक्ष्य अनुसार पूर्वाधार विकास गर्न सकेको छैन् । सडक, खानेपानी,सिचाई,विद्यालय भवन, वडा भवन, विजुलीको विकासमा बजेट लगानी गरिएपनि उपभोक्ताको ढिलासुस्तीले गर्दा पूर्वाधार विकासमा अपेक्षित उपलब्धी हासिल नभएको पालिका अध्यक्ष नरविर रावतले बताए ।

उनले भने,“पालिकामा पुजिगत करोडौ बजेट आउछ । उपभोत्ता समितिका कारण देखिने खालको विकास  बनाउन सकेका छैनौ । करोडौ लगानी गरि ठुलो योजना बनाउ भन्दा उपभोत्ता मान्दैनन् । बाध्य भएर टुक्रे योजनामा लगानी गर्नु पर्छ ।” 
योजना सम्झौतामा ढिलाई गर्ने, अन्तिममा योजना लिने,तर समयमै सम्पन्न नगर्ने, कतै स्टमेट अनुसार काम नगर्ने, कतै स्मेट भन्दा बढी काम तर गुणस्तरहिन गर्ने उपभोक्ताहरुको कमजोरीका कारण कनकासुन्दरी मात्र नभई जिल्लाका आठैतहको पूर्वाधार विकास लक्ष्य अनुसार नभएको उपाध्यक्ष उर्मिला भण्डारीले बताईन् । 

उनले भनिन, “उपभोत्ताहरुकै दबादका कारण ४-५ लाखका दर्जनौ टुक्रे योजना बनाउन बाध्य हुन्छौ । राज्यको बजेट खर्च भईहाल्छ । न ती योजनाले आवश्यकता पूर्ति गर्छन् । न विकास गरे जस्तो हुन्छ । वर्षेनिक उहि भत्काउने लगाउने काम उपभोक्ताकै कारणले भएको छ । कसरी विकास होला ?” 

साथै उपभोक्ता समितिमा मरिहत्ते गर्ने, बस्न नपाए विरोध गर्ने प्रबृत्तिको अन्त्य नभए सम्म, उपभोत्ताहरुबाटै दिर्घकालिन विकासका लागि सहि सुझाव,ठुला योजना माग भएर नआए सम्म स्थानीयतहको समृद्धी सम्भव नरहेको समेत उल्लेख गरिन् । 

उपभोक्ताहरुको मनपरीका बीच पनि योजनात्मक ढंगबाट विकास निर्माणलाई अघि बढाएका छौ । विभिन्न बाधा अवरोधले चुनावी बाचा पूरा हुन सकेका छैनन् । तर बाँकि कार्यकालमा सकेजति काम गर्ने सोचमा रहेको कनकासुन्दरीका जनप्रतिनिधिहरुले बताएका छन् ।

नत ठेक्काका माधमबाट विकास निर्माणका काम गर्न दिन्छन्,नत उपभोक्ता आफै काम गर्दा छिटो छरितो गर्छन् । जसका कारण जुम्लाका आठै स्थानीयतहको विकास निर्माणको बाधकको रुपमा उपभोक्ता समिति देखिएका छन् ।  


कृषिमा १ करोड खर्च गर्दै कनकासुन्दरी

कृषिका सम्भावनाहरुलाई अवसरमा रुपान्तरण गर्न यहाँको कनकासुन्दरी गाउँपालिकाले कृषि क्षेत्रमा एक करोड बजेट खर्च गर्ने योजना बनाएको छ । कृषिबाटै रोजगारी सृजना, आर्थिक विकास, अर्गानी कृषिको प्रर्बदन संगै आयात प्रतिस्थापन हुने खालमा कृषि योजनामा लगानी गर्ने गरि कनकासुन्दरीले कृषिमा १ करोड बजेट विनियोजन गरेको हो ।

गाउँपालिका अध्यक्ष नरविर रावतले भने,“यहाँको सम्भावनाको क्षेत्र भनेकै कृषि क्षेत्र हो । सिचाई, मल, बिउ आपुर्तिका साथै व्यवसायीक योजना बनाएर कृषिमा बजेट खर्च गर्ने तयारी छ ।” यूवालाइ रोजगारी,अर्गानिक रैथाने बालीको संरक्षण, बाझो जग्गाको सदुपयोग हुने गरि कृषि क्षेत्रमा बजेट खर्च गरिने अध्यक्ष रावतले उल्लेख गरे ।

कृषि क्षेत्रमा पनि ओखर खेतीलाई प्रथामिकता दिएर काम गर्ने सोचेका छौ । अध्यक्ष रावतले थपे,“कनकनसुन्दरीमा ओखर खेतीका लागि उपयुत्त जग्गा धेरै छ । अन्य खेती भन्दा ओखर खेतीमा दुख पनि धेरै नहुने आम्दानी पनि धेरै हुने भएकाले किसानको जीवनस्तर उकास्ने गरि व्यवसायीक ओखर खेतीलाई प्रथामिकता दिएर बजेट खर्च गरिदै छ ।”

कनकासुन्दरीकी उपाध्यक्ष उर्मिला खत्री भण्डारीले चालू आवमा पालिकाले ७० लाख र जलवायु अनुकुलनका लागि लापा संस्थाले ४० लाख गरि १ करोड १० लाख बजेट कृषिमा छुटाएको बताईन् । 

उनले १ करोड १० लाखका कृषि कार्यक्रम कसरी संचालन गर्ने भन्ने बारे योजना बनाई अधिकांश किसान बीच सम्झौता भईसेकेको उल्लेख गरिन् । व्यवसायीक ओखर खेतीलाई प्रथामिकता दिलै, बाख्रा पालन,कुखुरा पालन, व्यवसायीक तरकारी खेती, लगायतका क्षेत्रमा बजेट छुटाएको उनको भनाई छ ।

 

 

०००


 



प्रकाशित: २०७७ माघ ४
January 17th 2021

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्