निर्माण सञ्चार, ३० बैशाख, जुम्ला । चिकित्सक सहित स्वास्थ्यकर्मीको टोली गाउँगाउँमा पुगेर जुम्लामा एकै दिन आठ सय ४९ जनाको स्वाब संकलन गरिएको छ ।
कर्णाली प्रदेश सरकारको लकडाउन खोल्ने नयाँ रणनीति अनुसार एक जिल्लाबाट एक हजारका दरले १० जिल्लामा १० हजार स्वाब एकैसाथ संकलन गरिदै छ ।
सोहि अनुसार जुम्लामा सोमबार मात्रै आठ सय ४९ जनाको स्वाब संकलन गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगल रावलले बताए ।
उनले भने, ‘प्रदेश सरकारको निर्देशन अनुसार जुम्लाका आठ स्थानीय लगायत कर्णालीका मुगु, कालिकोट, हुम्ला, डोल्पामा स्वाब संकलनका चिकित्सक सहितका स्वास्थ्यकर्मी परिचालन गरेका छौ ।’ तर जुम्लाकातहमा खटाएका स्वास्थ्यकर्मीले एकैदिन आठ सय ४९ स्वाब संकलन गरेका हुन् ।
जसमा चन्दननाथ नगरपालिका ५८ जनाको स्वाब संकलन भएको छ । भने,पातारासी गाउँपालिका ७०, तातोपानीमा एक सय ५०, तिलामा ७०, हिमामा ३७, कनकासुन्दरीमा दुई सय, गुठीचौरमा ९५ र सिंजा गाउँपालिका २ सय ९ जना गरी ८ सय ४९ जनाको स्वाब संकलन गरिएको अस्पताल निर्देशक डाक्टर रावलले जानकारी दिए ।
मंगलबार देखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामै स्वाबको पिसिआर परीक्षण भईरहेको छ ।
पिसिआर परिक्षणको रिपोर्ट सबै नेगेटिभ आए जुम्लामा लकडाउन पुर्ण खोलिने मुख्यमन्त्री महेन्द्र बहादुर शाहिले बताए ।
जुम्ला अस्पताल निरिक्षण गर्न आईतबार जुम्ला पुगेका मुख्यमन्त्री शाहिले कुनै वडा पालिकाम संक्रमित भेटिए सोहि ठाउँ मात्रै सिल गर्ने र अन्य सबै पालिकामा लकडाउन खोली विकास निर्माण अघि बढाईने बताएका थिए ।
कर्णालीभरी १० हजार स्वाब संकलन हुँदै
कर्णाली प्रदेश सरकारले लकडाउन खोल्नका लागि नयाँ रणनीति अपनाएको छ । हाल सम्म कोरोना संक्रमित नभेटिएको कर्णालीमा घरदैलोमै पुगेर करिब १० हजार स्वाब संकलन गरी पिसिआर परिक्षण गर्ने तयारी थालेको हो । कर्णाली प्रदेशका ७ सय १८ वडामा आईतबारदेखि स्वास्थयकर्मी परिचालन गरिएको छ ।
एकवडामा कम्तीमा १० जनाको स्वाब परिक्षण गर्ने गरी कर्णालीका २७ स्थानमा स्वास्थ्यकर्मी परिचालित गरिएको हो । जसमा सबैभन्दा पहिला जुम्लाका स्वास्थ्यकर्मी कर्णालीमै सर्वाधिक संख्यामा स्वाब संकलन गरी परिक्षण शुरु गरेका हुन् ।
कर्णालीक ७ सय १८ वडामा स्वाब संकलन गर्ने एकसाताको पिसिआर परिक्षणको नतिजा अनुसार संक्रमित नभेटिए १५ दिनभित्र कर्णालीमा लकडाउन खोलिने सामाजिक विकास मन्त्री दल रावलले बताए । लकडाउन अवधिभर जुम्ला १० हजार ९ सय ७० जना नागरिक भित्रिएका छन् ।
१ सय ८२ जना क्वारेन्टाइनमा बसेका छन् । भने ९ सय ३० जना १४ दिनपछि घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
हाल जुम्लाका ४ सय १४ जनाको पिसिआर र २ सय ६१ जनको आडिटी परीक्षण गरिएकोमा सवै जनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।
विशेषः
कर्णाली प्रदेश सरकार वडावडाबाटै आफ्ना नागरिकको सम्भावित कोरोना परीक्षण सम्पन्न गरेर अन्तिम नतिजा निकाल्ने तरखरमा छ । ताकि छिमेकी प्रदेश वा वीरगन्ज नाकाहरु समेत सिल गरेको अवस्थामा आउने हप्ता वा केही दिनभित्रै आफ्नो प्रदेश कोरोना मुक्त ‘ग्रिन जोन’ रहेको घोषणा गर्न चाहन्छ ।
यो विधिले काठमाडौं महानगरदेखि मुलुकका मुख्य सहर वा बस्तीहरुमा पनि कोरोना परीक्षण गरिएका आफ्नो क्षेत्रभित्रको कोरोना अवस्था शून्यमा झार्न सकिने र आफ्ना क्षेत्रका जनतालाई निर्भयपूर्वक काममा फर्काउन सकिने कर्णाली प्रदेश सकारको बुझाइ रहेको छ । सिंजा गाउँपालिका जुम्लाको नराकोट स्वास्थ्य चौकीमा स्वाब संकलन गरिदै
०००
प्रतिक्रिया दिनुहोस्