नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा, कारोबार रकममा नयाँ रेकर्ड
निर्माण सञ्चार,११ मंसिर, काठमाडौं । नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । बजारको परिसूचक तथा सेयर कारोबार रकम नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेप्से परिसूचक र कारोबार रकम दुबैका किर्तिमानी कायम गरेको हो । साताको अन्तिम दिन आज बजार १८.४३ अंकले ब १८९३.३४ विन्दुमा अडिएको छ ।
बिहीबार परिसूचक १ हजार ८९३ अंकमा कायम भएको छ। जुन अंक नेपाली सेयर बजारको इतिहासमै सबै भन्दा धेरै उच्च हो। यसअघि २०७३ साउनमा परिसूचक १ हजार ८८१ अंकमा पुगेको थियो। त्यसयता लगातार ओरालो लागेको बजार ४ वर्ष पछि पहिलेको रेकर्ड तोड्न सफल भएको हो । कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको छ। यस दिन ७ अर्ब ६१ करोड रुपैयाँको सेयर कारोबार भएको छ। २०१ कम्पनीको सेयर किनबेच भएको छ। यसअघि ६ अर्ब ९० करोड रुपैयाँको कारोबार रेकर्ड कायम थियो। मार्केट डेप्थ हेर्दा अधिकांश कम्पनीहरुमा विक्रेताको चाप बढेको छ। जसले गर्दा केही दिन बजार करेक्सन हुन सक्ने संभावना समेत देखिन्छ। बैंकिङ समूहको दवावले नै यस दिन समग्र परिसूचक उकालो लागेको हो। अधिकांश समूह ओरालो लाग्दा बैंकिङ समूह ३७ अंकले बढेको छ। उत्पादन समूह १ अंकमुनि हरियो रह्यो। नेप्से परिसूचकसँगै सेयर कारोबार रकमले समेत नयाँ रेकर्ड राखेको छ । बिहीबार दिनभर भएका ७० हजार भन्दा धेरै कारोबारबाट २०१ कम्पनीको १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँ पुगेको छ ।
यो हालसम्मकै उच्च कारोबार हो । यस अघि एकैदिन ६ अर्ब ११ करोडको कारोबार भएर नयाँ रेकर्ड कायम भएको थियो । अब भने नयाँ रेकर्ड कायम भएको छ । यद्यपि, नेप्सेमा कारोबार हुने अधिकांश उपसमूहरु ओरालो लागेका छन् ।
०००
प्रकाशित: २०७७ मंसिर ११

November 26th 2020
प्रतिक्रिया दिनुहोस्