नेपाली समय: ११:३७:२८ राती
वि.सं २०७८ कार्तिक ७   आइतबार

कर्णाली राजमार्गको पहिलो बेलीब्रिज पुल जीर्णः बेलीब्रिजको आडमै बन्दै पक्की पुल

निर्माण सञ्चार, २० पुष,काठमाडौँ ।  कर्णाली राजमार्गको पहिलो बेलीब्रिज पुल जीर्ण बन्दै गएको छ । कालिकोट सदरमुकाम मान्म,जुम्ला,मुगुलाई कर्णाली राजमार्ग संग जोड्ने पहिलो बेलीब्रिज पुल जीर्ण बन्दै गएको हो । करिब डेढ दशक पहिले मान्मको फेद सेरीघाटमा निर्माण गरिएको उक्त बेलीब्रिजमा क्षामता भन्दा ठुला सवारी सधान गुडने गरेकै कारण पुल जीर्ण भएको छ । पुलभरी माटो भरिएर खिया लागीसकेको कुनै पनि बेला दुर्घटना हुन सक्ने भएकाले कर्णाली राजमार्गमा यात्रा गर्ने यात्रु निकै चिन्तीत हुन्छन् । 

२०६२ सालबाट कर्णाली राजमार्गमा गाडी गुड्न थालेका हुन् । पुलको क्षामता भन्दा दोब्बर तेब्बर बढी तौलका ठुला सवारी गुडेपछि कर्णाली राजमार्गको पहिलो बेलीब्रिज पुल जीर्ण बनेको सडक डिभिजन जुम्लाका प्रमुख लिला बहादुर भण्डारीले बताए । 

उनले भने,“एक त राजमार्ग ईन्जिनिरिङ मापदण्डमा छैन् । बेलीब्रिजको सट्टामा त्यतिबेलै पक्की पुल निर्माण गर्नु पथ्र्यो । बेलीब्रिज पुलमा यात्रुवाहक सवारी बाहेक ठुला मालबाहक सवारी चलाउदा जोखिम बढ्छ ।” 
बेलीब्रिज जीर्ण बन्दै गएपछि सेरीघाट नजिकै सडक डिभिजन सुर्खेतको माताहतमा पक्की पुल निर्माण कार्य अघि बढेको छ । दुबै तर्फका स्याल्याब खडा हुदैछन् । बेलीब्रिज जीर्ण बन्दै जाँदा पक्की पुल निर्माण कार्यलाई दुर्त गतीमा अघि बढाइएको छ । चालु आवभित्रै पक्की पुल निर्माण सम्पन्न गर्ने गरी काम भईरहेको सडक डिभिजन सुर्खेतले जनाएको छ । सेरीघाटमा पक्की पुल निर्माण भएको देख्दा कर्णाली राजमार्गमा यात्रा गर्ने यात्र् अहिले खुसी हुनथालेका छन् । 

दैखोला देखि माथि जुम्लाको कार्यक्षेत्र भएपनि सेरिघाट पक्की पुल निर्माण सुर्खेतले जिम्मेवारी लिएको सडक डिभिजन जुम्लाका प्रमुख भण्डारीले बताए । जीर्ण बेलीब्रिजकै आडमा बन्न लागेको पक्की पुलले सम्भावित दुर्घटना जोखिम क मगर्ने आशा गरिएको छ । भने, पक्कीपुल निर्माण पश्चात मालबाहक सवारी पक्की पुल र यात्रु बाहक सवारी बेलीब्रिज पुलबाट संचालन हुने छन् । 

जुम्ला सडक खण्डमा उल्लेखीय सुधार 
कर्णाली राजमार्ग अन्तरर्गतको जुम्ला सडक खण्डमा उल्लेखीय सुधार भएको छ । खाल्डा खुल्डी पुर्ने देखि कालोपत्रे समेत गरिएको छ । भने, केहि अप्ठयारा ठाउँमा सुधारको कार्य अघि बढेको सडक डिभिजन जुम्लाले जनाएको छ । 
कर्णाली राजमार्गको दैखोला देखि पुर्व कालिकोट हुदै जुम्ला सडक खण्ड सडक डिभिजन जुम्लाको कार्यक्षेत्रमा पर्छ । डिभिजन प्रमुख लीला बहादुर भण्डारी भन्छन,“आफ्नो कार्यक्षेत्रको सडक खण्डलाई सहज सुरक्षित र स्तरीय बनाउने काम अघि बढाएको छु । अझै केहि ठाउँमा सुधारको काम बाँकी छ । त्यो पनि सकाउँछौ ।”

कर्णाली राजमार्ग अन्तरगर्तकै टाकुल्ला खोला र त्रिवेणाी पक्की पुलको निर्माण कार्य पनि चालु आवमै अघि बढाउने तयारी भईरहेको भण्डारीको भनाई छ । वर्षौदेखि अलपत्र परेका दुबै पुलको ठेक्का तोडेर नयाँ ठेक्का आह्वान गरी पुल निर्माणलाइ निरन्तरता दिन फाईल सदर गर्न संघिय मन्त्रालयमा दौडधुप गरिरहेको भण्डारीले जनाए । 

प्रयाप्त बजेट नभएकै कारण कर्णाली राजमार्गको लक्ष्य अनुसार उपलब्धी नभएको समेत भण्डारीले उल्लेख गरे । संघ प्रदेशबाटै आबश्यकतामा आधारित बजेट नआउँदा समस्या हुने गरेको छ । जुम्लाखण्डको सडक सुधारप्रति पनि स्थानीय खुसी भएका छन् । 


०००



प्रकाशित: २०७७ पौष २०
January 4th 2021

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्