नेपाली समय: ०१:१७:३२ बिहान
वि.सं २०७८ कार्तिक ८   सोमवार

दशकौदेखि बाझो जग्गामा खेती हुदैं, मोफलामा५० लाखको लिफट सिचाँइ

निर्माण सञ्चार, २१ पुष,काठमाडौँ । सिचाई अभावले कर्णालीमा हजारौ खेतीयोग्य जमिन बाझै छ । मार्सीधान उत्पादन हुने खेतहरुमा पनि सिचाई सुविधा नभएका कारण बाझिदै गएका छन् । तथ्यांक अनुसार कर्णालीमा करिब ८२ हजार हेक्टर जमिन अहिले पनि सिचाई अभावमा बाझै रहेको छ । कर्णाली सरकारले बाँझो जगाा राख्न नपाउने नीति अघि सारे संगै गाउँगाउँमा लिफ्ट सिचाई आयोजनाहरु पनि निर्माण गरेको छ । 

जुम्लाको हिमा गाउँपालिका ३ मोफ्ला गाउँमा सौर्य उर्जाबाट संचालन हुने लिफ्ट सिचाई आयोजना निर्माण गरिएको छ । कर्णाली प्रदेश भुमि व्यवस्था तथा कृषि सहकारीमन्त्रालयको ५० लाख  सहयोगमा निर्माण गएिको लिफ्ट सिचाईले मोफ्ला गाउँपालिका २५ सय रोपनी बाझो जगामा सिचाई सुधिा पुगेको स्थानीय परिमल रोकायाले बताए । 

आधुनिक प्रविधियुक्त लिफ्ट सिचाइँ आयोजना निर्माण गरेर ७० मिटर अग्लो जग्गामा नदीबाट पानी तानेर सिचाइ हुनथालेपछि स्थानीय दंग छन् । स्थानीय परिमल रोकाया भने, “सिचाइँ नहुँदा धान रोप्न छाडेको तीन दसक भयो । आकाशे पानीको भरमा अन्य बालीनालीको खेति गरेपनि सप्रेन् । सुख्खा जमिनमा लगाएको सिमि, मकै, जौँ र गहुँ पनि राम्रो सित उत्पादन भएन ।” तर पछिल्लो समयम लिफ्ट सिचाइँ प्रविधिबाट पानी तानेर सिचाइँको पहुँच पुगेपछि स्थानीय किसान खुसीहुदै खेतीपातीमा जुटेको रोकायाले बताए । 

हिमा नदीको पानी डाँडाकाँडा सम्म कसरी आउँला भन्ने सोचेका स्थानीय लिफ्ट सिचाईले डाँडामै पानी पुगेपछि मोप्ला गाउँका २ सय ८५ घरधुरीले प्रयाप्त सिँचाइ गर्न पाएका छन् । माफ्ला गाउँमा करिब ३ दशकपछि आउँदो जेठमा मार्सी रोप्ने तयारीमा छन् । 

सौर्य उर्जाबाट लिफ्ट सिचाई गरेको कर्णालीमा पहिलो हो । कृषि प्राविधिक धर्मराज शाहीले भने,“यो प्रविधि यहाँको भुगोल सुहाउँदो छ । सिचाई अभावले बाझिदै गएको क्षेत्रमा लिफ्ट सिचाई निर्माण गरी कृषि क्षेत्र बढाउन तर्फ सरकार गम्भीर हुनुपर्छ ।” ५० किलोवाट क्षामता सौर्यउर्जा जडान गरी माफ्ला गाउँमा सिचाई पुराउन सफल भएको सांसद पदम रोकायाले बताए । उनले भने,“लामो पहल पछि कृषि मन्त्रालयले ५० लाख सहयोग गर्यो । लिफ्ट सिचाई कम्तीमा २५ देखि ३० बर्ष सम्म निरन्तर चल्ने छ । त्यतिन्जेल सबै सबै बाझो जगामा खेतीपाती भएको हुने छ ।” लिफ्ट सिचाईको नियमितताका लागि उचित संरक्षण र रेखदेखमा ख्याल गर्न सुझाब दिए । कर्णाली सरकारको कृषि, सडक, पर्यटनमा प्रथामिकता दिने नीति अनुसार माफ्लामा कर्णालीकै नमुना लिफ्ट सिचाई आयोजना निर्माण गर्न सफल भएको समेत सांसद रोकायाको दाबी छ । 

 

 


०००
 



प्रकाशित: २०७७ पौष २१
January 5th 2021

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्