नेपाली समय: १२:५७:४४ am
वि.सं २०७८ कार्तिक ८   सोमवार

हाडसिंजामा बन्दै १८ करोड लागतको १५ शैया अस्पताल

निर्माण सञ्चार,०४ माघ, काठमाडौं । कनकासुन्दरी गाउँपालिका जिल्लाकै दुर्गम पालिका हो । जहाँ अत्याआबश्यक सरकारी सेवा पाउन अहिले पनि बास बसेर सदमुकाम धाउनु पर्ने बाध्यता छ । कनकासुन्दरीका नागरिकलाई विशेषगरी जटिल खालका स्वास्थ्य सेवा लिन ऋण जोहो गरैरे जिल्लामै दौडिनु पर्ने अबस्था छ । 

कनकासुन्दरी ४ का मयालाल सार्कीले भने,“सामान्य बिरामी हुँदा पनि सदरमुकाम लिनु पर्छ ।  खाना बस्न,आउन जानमै औषधी उपचार भन्दा बढी खर्च हुन्थ्यो । गाउँमै अस्पताल हुनुपर्ने माग गरिरहेका थियौ ढिलै भएपनि अस्पताल बन्ने थाहा पाएपछि खुसी लाग्यो ।” 

अहिले कनकासुन्दरीमै aअस्पताल निर्माण हुने कुराले  मयालाल सार्की मात्र हैन त्यहाँका १४ हजार घरधुरी खुसी छन् । ढिलोमा अबको १÷२ वर्षपछि कनकासुन्दरीका स्थानीयले गाउँमै विशेषज्ञ स्वास्थय सेवा पाउने छन् । 

नागरिक पिर मर्का बुझ्दै यहाँको कनकासुन्दरी गाउँपालिकाले १५ शैयाको अस्पताल निमाणर््ा प्रक्रिया अघि बढाएको छ । संघिय सरकारको एक स्थानीयतह एक अस्पताल कार्यक्रम अन्तरर्गत कनकासुन्दरीमा १८ करोड ५० लाखको लागतमा १५ शैया अस्पताल निर्माण हुन लागेको छ । बुधबार कनकासुन्दरीका गाउँपालिका ४ हाडसिंजामा १५ शैया अस्पतालको पालिका अध्यक्ष नरविर रावतले शिलान्यास गरे संगै अस्पताल निर्माण प्रक्रिया अघि बढेको हो । 

अस्पताल निर्माणका लागि २२ जना स्थानीयले ३५ सय वर्गमिटर जगा निशुल्क प्रदान गरेका छन् । गाउँमै अस्पताल निर्माण हुने भएपछि आफु मरेर गएपनि भावी पिडिलाई सुविधा हुने सोचका साथ जग्गा उपलब्ध गराएको जग्गा दाताको भनाई छ । 

अध्यक्ष नरविर रावतले भौगोलिक विकटताका कारण कनकासुन्दरीको पहिलो समस्या नै स्वास्थ्य सेवा रहेको बताए । उनले भने,“सामान्य उपचारका लागि सदरमुकाम जानुपर्ने बाध्यताबाट नागरिक आजित भएका थिए । यी समस्या बुझ्दै संघिय सरकार संग पहल गरी माथिल्लो कर्णालीका स्थानीयतहमै ठुलो सरकारी अस्पताल निर्माण थालिएको छ ।”
स्वास्थ्य सेवामा पहुँच नपुगेका कनकासुन्दरीका १४ हजार घरधुरी १÷२ वर्षमै विशेषज्ञ स्वास्थ्य सेवा पाउने अध्यक्ष रावतको दाबी छ । 

कुनै समय सिटामोल नपाएर मृत्युवरण गर्नुपर्ने कर्णालीका  दुरदराजमा १५ शैया अस्पताल निर्माण गर्नु गौरवको विषय हो । पालिका उपाध्याक्ष उर्मिला खत्री भण्डारीले भनिन, बहुवर्षिय योजनाका रुपमा निर्माण कार्यलाई दुर्त गतीमा बढाईने छ । गाउँमै स्वास्थ्य सेवा पाउन बेग्र प्रतिक्षा गरिरहेका नागरिकलाई चाडै स्वास्थ्य सेवाको पहुँचमा पुराउछौ ढुक्क रहनुहोस् । स्वास्थ्य संरचना संगै जनशक्ति र उपकरण पनि सरकार चाडै व्यवस्था गर्नेमा उपाध्यक्षले विश्वास दिलाईन् । 

शिलान्यास कार्यक्रममा सहभागीहरुले जहिले दुर्गमको उपनाम पाउने कनकासुन्दरीले अस्पताल निर्माण पश्चात स्वास्थ्य सेवामा सुगमलाई चुनौती दिने समेत दाबी गरे । गाउँमै १५ शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएपनि कनकासुन्दरीका स्थानीय खुसीले मख्ख छन् । 

संघिय सरकारले चालु आवमा ३ सय ९६ वटा स्थानीयतहमा अस्पताल निर्माण कार्य शुरू गरेको छ । जस अन्तर्गत कर्णालीका ४१ स्थानीयतहमा ४२ वटा ५,१० र १५ शैयाका अस्पताल बन्दै छन् । भने, जुम्लाका तिलामा १० र कनकासुन्दरीमा १५ शैयाको अस्पताल निर्माण हुन थालेका हुन् ।  


०००


 



प्रकाशित: २०७७ माघ ४
January 17th 2021

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्