विद्युत् व्यवसायी महासंघमा चुनावी रन्को, अध्यक्ष निर्विरोध, वरिष्ठ उपाध्यक्षमा सुदर्शन पौडेलले जित्दै !
निर्माण सञ्चार, काठमाडौं । नेपाल विद्युत् व्यवसायी महासंघमा यतिबेला भावी नयाँ कार्यसमितिबारे गरमागरम बहस चलिरहेको छ ।
भदौ २५ गते हुने नयाँ नेतृत्वका लागि भइरहेको सहमतिको प्रयास आंशिक रुपमा सफल भएको छ जसले अध्यक्षमा निवर्तमान प्रथम उपाध्यक्ष तेजनारायण खरेललाई सर्वसहमतिले निर्वाचित गरेको छ ।
यो कुरालाई स्थापित गर्ने मेरो लक्ष्य छ ।
प्रकाशित: २०७३ भाद्र २३
को को भए निर्वाचित ?
२१ सदस्यीय केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि भएको कसरतपछि अध्यक्ष सहित महासचिवमा रेशम प्रसाद देवकोटा, सचिवमा लक्ष्मी प्रसाद धिताल, कोषाध्यक्षमा दीलिप कुमार अग्रवाल, सहकोषाध्यक्षमा गोपाल अग्रवाल सहित २ जना कार्यसमिति सदस्यहरुको सर्वसहमतिले आजै टुंगो लगाइएको आयोजक फिनका नवनिर्वाचित अध्यक्ष खरेलले निर्माण सञ्चारलाई जानकारी गराए ।
अब कस कसको हुँदै छ चुनावी भिडन्त, को छ अगाडि ?
२१ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि होटेल अन्नपूर्णमा २५ गते, दिनको १२ बजेदेखि हुने निर्वाचन प्रक्रियाका लागि फिन अघि बढिरहेको छ । प्रमुख निर्वाचन अधिकृत सुवास श्रेष्ठ तथा सञ्जयनाथ जोशी र प्रकाशमान प्रधान सदस्य रहेको निर्वाचन समितिले निकालेको अन्तिम नामावली अनुसार प्रथम उपाध्यक्षमा निवर्तमान महासचिव सुदर्शन प्रसाद पौडेल र दीलिप कुमार जैनका बिच कडा प्रतिस्पर्धा हुदै छ । प्रतिस्पर्धामा निवर्तमान महासचिव समेत रहेका पौडेलको पल्लाभारी रहको प्रतिनिधिहरुले निर्माण सञ्चारलाई बताए । त्यस्तै तृतीय उपाध्यक्ष तथा बाँकी सदस्यहरुका लागि फिन निर्वाचन प्रक्रियामा प्रवेश गर्दै गरेको हो ।के भन्छन् नवनिर्वाचित अध्यक्ष ?
अध्यक्षमा निर्वाचित हुनुभएकोमा तात्तातो बधाई छ, कसरी भो तपाईकै नाउँमा सहमति ?
सबै साथीहरुले मलाई नै फिनको अबको जिम्मेवारी दिनेमा दुई मत नरहेको भनेपछि मेरै काँधमा फिनलाई हाँक्ने जिम्मेवारी आएको हो । यसप्रति म सबै सदस्य साथीहरुलाई धन्यवाद दिन चाहन्छु ।किन तपाईंलाई नै अध्यक्षमा चयन गरिएको भन्ने प्रश्नमा जवाफ के हुन सक्छ ?
यसको ठ्याक्कै जवाफ मैले दिनु पर्ला र ? साथीहरुको समर्थनल नै मेरो नाउँमा अध्यक्षमा सर्वसहमति भएको भन्नु नै उपयुक्त होला नि हैन र ? नेतृत्व क्षमता, सबैलाई मिलाउन सक्ने खुबी, सिनियर आदि कारण पनि त छन् नि ।कुन कुन पदमा अहिलेसम्म लाग्यो त टुंगो ?
हालसम्म अध्यक्षमा मेरो जिम्मेवारी त भइहाल्यो । यसैगरी महासचिव, सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष र एसोसियट सदस्यतर्फ २ जना सदस्य सर्वसम्मत हुनुभएको छ ।अब बाँकी पदका लागि चुनावै मात्र रह्यो त विकल्प ?
हजुर । सक्तो सहमतिको प्रयास गरियो तर बाँकी पदका लागि हामी चुनावी प्रक्रियामै जाने ठाउँमा पुगेका छौं ।अब कसरी हाँक्दै हुनु हुन्छ फिनलाई, के छन् प्राथमिक एजेन्डाहरु ?
नेपाल इलेक्ट्रिकल क्षेत्रको ज्यादै नै सम्भावना भएको व्यावसायिक क्षेत्र हो । जहाँ हाइड्रोको अथाह सम्भावना छ, त्यहाँ इलेक्ट्रिकल सामानहरुको पनि त्यति नै राम्रो व्यावसायिक सम्भावना हुन्छ नै । तर, यस क्षेत्रमा व्यावसायिक सुरक्षा, लागनीदेखि व्यवसायी मित्रहरुका विभिन्न समस्या छन् । त्यसलाई आगामी दिनमा म नेतृत्व गर्ने छु । नेतृत्वमा आएपछि यस क्षेत्रको विकासलाई ध्यान दिनु मेरो कर्तव्य नै हो । मेरो क्षमताले भ्याएसम्म विद्युतीय व्यवसायीको हक हितका लागि लड्ने प्रयत्न रहनेछ ।जिल्ला संघ र महासंघ बिच कसरी अझै विकास गरेर लैजाने सोच छ त ?
यहाँसम्म आइपुग्दा महासंघ र जिल्ला संघहरुका बिचमा रहेको ग्यापमा सुधार ल्याउने मसँग योजना छ । किनकि पहिले त हामी दुवैमा भाइचाराको सम्बन्ध छ भन्ने हामीले बुझ्नै पर्छ ।
यो कुरालाई स्थापित गर्ने मेरो लक्ष्य छ ।
इलेक्ट्रो टेक गराउनु हुन्छ त ?
अवश्य गराउँछु । यो त हाम्रो जस्तो व्यावसायिक क्षेत्रको बडादशै नै हो नि । यसले देशको अर्थतन्त्रमा पनि त ठुलो योगदान गरेको छ । नयाँ नयाँ प्रविधिबारे जनमानसलाई जनाकारी गराउनु पनि त पर्छ । नेपालमा यस क्षेत्रको व्यावासायिक सम्भावनालाई देखाउने मौका पनि यस्तै मेला हो । बेरोजगार युवा र विदेसिरहेको युवालाई यस क्षेत्रमा आकर्षण गर्न पनि त इलेक्ट्रो टेकले मद्दत गर्छ कि भन्ने लागेको छ । त्यस्तै यो क्षेत्रका साथीहरुको व्यवसायिक क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्था गर्ने, नेपाल विद्युत व्यवसायी महासंघको आफ्नै भवन निर्माण गर्ने र आगामी दिनमा जिल्ला संघमा रहनुभएका व्यवसायी साथीहरुसँगको छलफलपछि महासंघले आफ्नो कार्यनीति समेत तयार गरी अगाडि बढ्ने योजना रहेको छ मसँग ।
००००
के भन्छन् प्रथम उपाध्यक्षका प्रत्यासी पौडेल ?
तपाईंको उम्मेद्वारी केका लागि ?
मैले लामो समय यो क्षेत्रको विकास लागि समय दिएँ । विभिन्न ठाउँमा महासंघको विकास, उन्नति र प्रगतिका लागि योगदान दिएको त व्यवसायी साथीहरुलाई थाहै छ । भरखरै पनि महासचिव जस्तो गरिमामय कार्यकारी पदको सफल जिम्मेवारी बहन गरिसकेको छु । त्यसैले महासंघलाई अझै आश गरेजस्तै बनाउन, सबै व्यवासयिक मित्रहरुलाई अझै समृद्ध बनाउनका लागि मेरो यस पदमा उमेद्वारी रहेको छ । मैले भन्ने नै गरेको छु— ‘महासंघको संस्थागत विकासका लागि गतिशील नेतृत्व’ । यही नाराले सबै कुरा बोलेको छ जस्तो मलाई लाग्छ ।तपाईं विजयी हुनुु भो भने, के के गर्नु हुने छ ?
यदी मेरो जित भयो भने, हाम्रो नेतृत्वले आगामी दिनमा पहिले त सबै साथीहरु सँग बसेर कार्यक्रम के गर्ने, के के आवश्यकता हो भन्ने कुरा सबैको रायमा अन्तिम रुप दिइने छ । त्यसपछि हामीले गर्दै आएका विभिन्न कार्यक्रमहरुको निरन्तरता छन् । त्यस्तै मेरो नेतृत्वले नगर संघहरुलाई सुदृढ बनाउन योगदान दिनेछ । यसमा पनि भौतिक तथा व्यवसायिक सुदृढीकरणमा जोड दिइनेछ । त्यस्तै नजिकिदै गएको व्यवसायीहरुको महामेला इलेक्ट्रो टेकलाई भव्यरुपले सम्पन्न गर्नमा मेरो ध्यान जाने छ । त्यस्तै महासंघको भौतिक संरचना निर्माणका लागि मेरो योगदान उल्लेख्य रहनेछ ।सरकार र नीति निर्माता बिच केही गरिदैन ?
अवश्य गरिने छ । यो क्षेत्रको उन्नयनका लागि सरकारी तहबाटै गर्नु पर्ने धेरै काम छन् । त्यसको अगुवाई हामीले गर्ने छौं ।.........
प्रस्तुति-- गंगा चौलागाईं
..........
२४ भदौ, ०७३
प्रकाशित: २०७३ भाद्र २३
September 8th 2016

प्रतिक्रिया दिनुहोस्