नेपाली समय: ०१:५०:२१ अपरान्ह
वि.सं २०८२ मंसिर २२   आइतबार

पुष ६ गतेदेखि ‘निक इलेक्ट्रो टेक’:अत्याधुनिक विद्युतीय सामाग्रीको प्रर्दशन गरिने

निर्माण सञ्चार, काठमाडौं | नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको अन्तर्राष्ट्रिय स्तरको बृहत् प्रदर्शनी एवं गोष्ठीको नवौं संस्करण ‘निक इलेक्ट्रो टेक २०१८’ आउँदो पुष ६ गते देखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रर्दशनीहलमा आयोजना हुने भएको छ ।

उर्जा तथा विद्युतीय व्यवसायीहरुको समग्र विकास तथा व्यापार प्रवद्र्धनमा अत्याधिक टेवा पुर्याउने उद्देश्यका साथ यस वर्ष, ‘आर्थिक समृद्धिको संवाहक–उर्जा’ को नारा लिएर निक इलेक्ट्रो टेक २०१८ को आयोजना हुने भएको हो ।

एक्स्पोमा नेपालमै विद्युतीय सामाग्री उत्पादन गर्दै आएका विभिन्न कम्पनीहरुले अत्याधुनिक विद्युतीय सामाग्री प्रर्दशन हुने भएको छ । ‘सबै प्रकारका विद्युतीय सामाग्री पाइने टेकका प्रथम उपाध्यक्ष सुदर्शनप्रसाद पौडेलले बताए ।

मेलामा करिब १ लाख भन्दा बढी व्यक्तिहरुले अवलोकन गर्ने आयोजकले दाबी गरेको छ ।

निक इलेक्ट्रो टेकले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रबिधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसाय प्रबद्र्धन गर्ने छ ।

साथै, यी उद्योगमा भएका नविनतम उपलब्धीहरूबारे सूचना आदान–प्रदान गर्ने तथा उपभोक्तालाई यस सम्बन्धी जानकारी अद्यावधिक गराउन सहयोग पुर्याउने लक्ष्य नवौं संस्करणको रहेको छ ।

निक इलेक्ट्रो टेक २०१८ मा हल भित्र ५१ वटा ब्लकहरु र हल बाहीर २६ वटा स्टलहरु गरि जम्मा ७७ वटा प्याभिलियन तथा स्टलहरु रहेका फिनले जानकारी दियो ।

जसअन्तर्गत नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामाग्री, वायर, केबुल एवं कण्डक्टर, हाउसहोल्ड उपकरण, लाइटिङ्ग, फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिने उपाध्यक्ष पौडेलले निर्माण संचारलाई जानकारी दिए ।

उनकाअनुसार प्रदर्शनीमा अधिकांश सहभागी संस्थाहरूले उपभोक्ताहरूसंग प्रत्यक्ष अन्तक्रिया गरी आफ्ना उत्पादनहरू बारे जानकारी दिनेछन् ।

त्यसैगरी, अवलोकनकर्ताको सहजता तथा खरिद गर्न रुचाउने आगन्तुकहरुका लागि छुट्टै सेल्स एरियाको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

...

सोमबार २ पष, ०७५



प्रकाशित: २०७५ पौष १
December 16th 2018

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार