न्युरोडमा नेपालकै पहिलो स्मार्ट पार्किङः एप्स छ भने यसरी गर्नुस् पार्किङ ‘बुक’
निर्माण सञ्चार, असार १, काठमाडौं । राजधानी काठमाडौंको मुख्य सहर न्युरोड क्षेत्रमा नेपालमै पहिलो ‘स्मार्ट पार्किङ’ सुरु भएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आइतबार बिहान एक विशेष समारोह बीच स्मार्ट पार्किङको उद्घाटन गरेका हुन् ।
मेयर शाक्यले महानगर व्यवस्थित गर्ने आफ्नो अभियान अब महानगरभर लागू गर्ने बताए । उनका अनुसार स्मार्ट पार्किङबाट महानगरमा हुने अव्यवस्थित पार्किङको समस्या समाधान हुने छ ।
‘अहिले महानगरभित्र जथाभावी पार्किङ गरिँदा सवारी जामलगायतका विभिन्न समस्या भएको छ । स्मार्ट पार्किङसँगै अब न्यूरोड क्षेत्रमा तपाईहरुले पहिले नै बुक गरेर पार्किङ सुविधा लिन सक्नु हुने छ ।’
शाक्य निकट भविष्यमै महानगरपालिका भित्र मुख्य मुख्य स्थानहरुमा स्मार्ट पार्किङ विस्तार गर्ने सोचमा छन् ।
यसले पहिलो चरणमा विशाल बजार र धर्मपथ क्षेत्रमा यो सेवा उपलब्ध गराउने सम्झौता अनुसार आइतबारको स्मार्ट पार्किङ उद्घाटन गरिएको हो । अब उक्त कम्पनीले विस्तारै न्यूरोडको प्यूखा, खिचापोखरी, धर्मपथ, पाको र दरबारमार्गमा पनि यो सेवा विस्तार गर्ने छ ।
प्रकाशित: २०७६ आषाढ १
कसले लियो जिम्मा ? कस्तो हुन्छ काम ?
स्मार्ट पार्किङको जिम्मा करिब ४ महिना अघि ह्विल्स ट्रुलीले लिएको थियो । यो कम्पनीले मोबाइल एप्सकै मार्फत्बाट यो क्षेत्रमा पार्किङ गराउने सम्झौता भएको हो ।यसले पहिलो चरणमा विशाल बजार र धर्मपथ क्षेत्रमा यो सेवा उपलब्ध गराउने सम्झौता अनुसार आइतबारको स्मार्ट पार्किङ उद्घाटन गरिएको हो । अब उक्त कम्पनीले विस्तारै न्यूरोडको प्यूखा, खिचापोखरी, धर्मपथ, पाको र दरबारमार्गमा पनि यो सेवा विस्तार गर्ने छ ।
स्मार्ट पार्किङको एप्स कहाँबाट लिने ?
यो एन्ड्रोइड मोबाइल एप्लिकेसन हो । यसलाई अन्य एप्सहरु डाउनलोड गरेजस्तै मोबाइलमा राख्न सकिन्छ । स्मार्ट पार्किङको लागि गुगल प्ले स्टोरमा गएर ‘पार्क केटिएम’ एप डाउनलोड गर्न सकिने छ । न्युरोडका यो क्षेत्रमा पार्किङ स्पेस भए नभएको समेत जानकारी एप्सबाटै पाइने छ भने आफूलाई चाहिएको समयभित्र पार्किङ बुक गर्न पनि एप्सबाटै सकिने छ ।क्षमता कति ? कसरी गर्ने बुक ?
यस क्षेत्रमा जम्मा ८ सय बाइक र ६० वटा गाडी पार्किङ क्षमता रहेको छ । पार्किङको लागि १५ मिनेट पहिला नै बुक गर्नु पर्ने आयोजक बताउँछ । यदि बुक गरेको १५ मिनेट भित्र पार्किङ नगरे बुकिङ रद्द हुने ह्विल्स ट्रुली बताउँछ । बुकिङ गर्ने समयदेखि नै शुल्क लाग्ने र बुकिङ गर्दा गाडी वा मोटरसाइकल नम्बर पनि इन्ट्री गर्नुपर्नेछ ।शुल्क कति ?
कम्पनीले जनाए अनुसार स्मार्ट पार्किङका लागि मोटरसाइकललाई एक घन्टाको २५ रुपियाँ र गाडीको लागि ८० रुपियाँ शुल्क लाग्नेछ । यो पार्किङ प्रणालीको उद्देश्य महानगरको अव्यवस्थित पार्किङ र ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउनु पनि रहेको महानगर बताउँछ । यसबाट पार्किङ गराउँदा महानगरपालिकाले सवारी उठाएर लैजाने चिन्ता नहुने, अनावश्यक जामको झन्झटबाट मुक्त भइने, समयको बचत हुने आदि रहेको छ । ००० To go Front Face Coverage, Click Hereप्रकाशित: २०७६ आषाढ १
June 16th 2019
प्रतिक्रिया दिनुहोस्