एफक्यान अध्यक्ष गौचनको हत्याको फिनको भत्र्सना
निर्माण सञ्चार, काठमाडौं | नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको गोली हानी गरिएको हत्याको विरोधमा नेपाल विद्युतीय व्यवसायी महासंघ (फिन) ले विज्ञप्ति मार्फत् भत्र्सना गरेको छ ।
व्यवसायीक सुरक्षा र शान्तिको प्रत्याभूत समेत कमजोर रहेको भन्दै महासंघले शान्ति तथा सुरक्षाको माग गरेको छ । हत्यालगत्तै जारी विज्ञप्तिमा महासंघले यस खबरबाट स्तब्ध भएको उल्लेख छ ।
उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यस्ता बर्बर, अपराधिक कार्यको महासंघले घोर निन्दा गरेको छ ।
राजधानीकै मुख्य क्षेत्रमा व्यवसायीको हत्या हुँदा सम्पूर्ण व्यवसायी भयभित हुन पुगेका र उद्यमी व्यवसायी वर्गलाई त्रास र संसयको अवस्था सृजना भएको छ ।
यस किसिमको दुःखद घटना दोहरीन नदिन एवं यस निन्दनिय कार्यको तत्काल छानविन भई हत्यारा तथा हत्यामा संलग्नलाई अविलम्ब पहिचान गरी हदै सम्मको कारबाही हुन फिनले नेपाल सरकार समक्ष जोडदार माग गरेको छ ।
साथै महासंघले यस दुःखद घडीमा शोकमा रहेको नेपाल निमार्ण व्यवसायी महासंघ एवं स्वर्गिय गौचन परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ ।
...
मंगलबार, २४ असोज ०७४
प्रकाशित: २०७४ आश्विन २३
प्रकाशित: २०७४ आश्विन २३
October 9th 2017
प्रतिक्रिया दिनुहोस्