विद्युतीय व्यवसायीले थाले नयाँ बहस– मूल्य एकरुपता ल्याउन समिति गठन
निर्माण सञ्चार, काठमाडौं । नजिकिदै गरेका चाडपर्वका मुखमा काठमाडौं विद्युतीय व्यवसायी संघ काठमाडौंले विद्युतीय सामाग्री उत्पादक, विक्रेता र इलेक्ट्रिसियनका बीचमा एक दिने अन्तक्रिया सम्पन्न गरेको छ ।
राजधानीमा शनिबार सम्पन्न सो छलफलमा संघले आफ्नो क्षेत्रमा पछिल्ला दिनमा देखिएको मूल्य अराजकताबारे गहन छलफल गरेको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका व्यवसायी तथा इलेक्ट्रिसियनका बीचमा सो अन्तक्रिया गरिएको संघका अध्यक्ष पुरुषोत्तम नेपालले बताए ।
विद्युतीय व्यवसायको बजारमा पछिल्ला दिनमा अराजकता बढेपछि संगठित भई व्यवसायमा लागेको विद्युतीय व्यवसायीहरु चिन्तित बनेका हुन् ।
कुनै पनि सामानको स्तर वर्गीकरण पनि नभएको, मूल्य पनि नतोकिएको अवस्थामा विद्युतीय सामग्रीको बजार अराजक बन्न पुगेको भन्दै छलफलमा सहभागीहरुले उपभोक्ताको हितलाई समेत ध्यानमा राखेर नयाँ तरिकाले अघि बढ्ने निष्कर्ष निकालेको आयोजकले बताएको हो ।
कालोबजारी र अस्वस्थ प्रतिस्पर्धालाई निरुत्साहन गर्न भन्दै संघले बजार अनुगमन सहित अध्ययन गर्न एक समिति गठन गरेको छ ।
संघका अध्यक्ष पुरुषोत्तम नेपालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको संघका उपाध्यक्ष राजेन्द्र वैष्णवले बताए ।
व्यवसायीलाई तार उत्पादक कम्पनीले नै कम मुनाफा दिएको हुँदाहुँदै पनि विद्युतीय व्यवसायी आफैंले पनि अस्वस्थ प्रतिस्पर्धा गरेर कम मूल्यमा बिक्री वितरण गर्दै आएकाले पनि यो क्षेत्रमा समस्या परेको बारे व्यवसायीले गुनासो गरेका छन् ।
‘नेपाल तार उत्पादनमा लगभग आत्मनिर्भर छ, यो खुसीको कुरा हो तर तारको गुणस्तरका विषयमा र यसको विक्री वितरणका विषयमा भने बृहत् रुपमा छलफल हुन आवश्यक छ ।
छलफलहरु कुराका लागि भन्दा पनि काम गर्नका लागि हुनु पर्छ,’ कार्यक्रममा उपस्थित एक व्यवसायीले निर्माण सञ्चारसँग भने ।
कार्यक्रम नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा महासंघका पदाधिकारी तथा उपत्यकाका विद्युतीय व्यवसायीको बाक्लो उपस्थिति थियो ।
पछिल्ला दिनमा बजारमा विद्युतीय सामग्रीबारे एकरुपता नभएपछि, सरकारले पनि व्यापार गर्ने नाउँमा निजी क्षेत्रलाई पछि पारेपछि मध्यम वर्गीय नेपाली युवाहरुले सुरु गरेको विद्युतीय व्यवसायको भविष्यबारे समेत विभिन्न आँकलन गरिएको छ ।
यस सवालमा विद्युतीय सामग्री व्यवसायीहरु चिन्तित रहेको देखिन्छ ।
इलेक्ट्रिसियनहरु नै उज्यालो अभियानका लागि पहिलो इन्जनियर रहेको भन्दै पौड्यालले इलेक्ट्रिसियनहरुमा सीपको निखारता ल्याउन संघले काम गर्नु पर्नेमा जोड दिए ।
नेपालमा प्रयोग हुदै आएका विद्युतिय उपकरणहरुमा तारमा मात्र गुणस्तर प्रमाणित चिन्हको प्रयोग हुने गरेका तर तारसँगै प्रयोगमा ल्याइने एमसिबी, स्विच लगायत सामाग्रीमा पनि गुणस्तर कायम हुनु पर्नेमा सहभागीहरुले जोड दिएका छन् ।
कार्यक्रममा संघको आर्थिक प्रतिवेदन संघका महासचिव प्रकाश कुमार दाहलले प्रस्तुत गरेका थिए भने सल्लाहकार रमबहादुर श्रेष्ठले शुभकामना दिएका थिए ।
...
मंगलबार, ३ असोज, २०७४
प्रकाशित: २०७४ आश्विन २

महासंघको आठौं वार्षिकोत्सव सम्पन्न
नेपाल विद्युतीय व्यवसायी महासंघले शुक्रबार आठौं वार्षिक उत्सव मनाएको छ । साना व्यवसायीहरुको प्रयत्नमा २०४७ मा स्थापित नेपाल इलेक्ट्रिकल एसोसियसन ०६७ भाद्र ३० गते विधान संशोधन सँगै महासंघीय स्वरुपमा गएको थियो । यसै अवसरमा महासंघले आफ्नो आठौं वार्षिक उत्सव मनाएको फिनका कार्यालय सचिव निरज पोखरेलले निर्माण सञ्चालाई जानकारी दिए । कार्यसमिति सदस्य तथा शुभचिन्तक व्यवसायी बिच भेला भई मैनबत्ती बालेर फिनले आफ्नो वार्षिकोत्सव मनाएको थियो । विद्युत् प्राधिकरणले निजी क्षेत्रलाई वास्तै नगरी सरकारी तहबाट विद्युतीय सामग्री व्यापार गर्न थालेपछि सरकारसँग निजी क्षेत्रको आवाज उठाउँदै आएको फिनले वार्षिकोत्सवमा भने फिन, विद्युतीय व्यवसायका चुनौती र अबको बाटो विषयमा ‘चिया–छलफल’ गरेका थिए ।
पछिल्ला दिनमा बजारमा विद्युतीय सामग्रीबारे एकरुपता नभएपछि, सरकारले पनि व्यापार गर्ने नाउँमा निजी क्षेत्रलाई पछि पारेपछि मध्यम वर्गीय नेपाली युवाहरुले सुरु गरेको विद्युतीय व्यवसायको भविष्यबारे समेत विभिन्न आँकलन गरिएको छ ।
यस सवालमा विद्युतीय सामग्री व्यवसायीहरु चिन्तित रहेको देखिन्छ ।
साधारण सभामा इलेक्ट्रिसियनले उठाए समस्यै समस्या
नेपाल इलेक्ट्रिसियन एसोसिएसनको आठौं साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष भीमलाल श्रेष्ठ रहेको एसोसिएसनले आफ्नो वार्षिक साधारण सभामा इलेक्ट्रिसियनका समस्याबारे चर्चा गरेका थिए । गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीलाई प्रमुख अतिथि बनाएर इलेक्ट्रिसियन व्यवसायीले इलेक्ट्रिकल सामग्रीको मापदण्ड निर्धारण गर्न गुणस्तर तथा नापतौल विभाग नै उदासीन रहेको गुनासो समेत गरेका छन् । फिनका वरिष्ठ उपाध्यक्ष सुदर्शन पौड्याल समेत अतिथि रहेको उक्त कार्यक्रममा गुणस्तरीय निर्माणका लागि इलेक्ट्रिसियनलाई पनि लाइसेन्सको आवश्यकता रहेको बारे जोडदार आवाज उठेको थियो । तर, यस्तो लाइसेन्स दिने वा दिलाउने निकायबारे कानुनी र नीतिगत स्पष्टता नभएको अवस्थामा कुन संस्थाले यसको नियमन गर्ने भन्नेबारे सो सभामा निष्कर्ष भने निस्कन सकेन । कार्यक्रममा हेड्स नेपालका अध्यक्ष ईश्वर चन्द्र बानियाँ, विद्युतीय व्यवसायी, इलेक्ट्रिकल इन्जिनियर तथा इलेक्ट्रिसियनको बाक्लो उपस्थिति रहेको आयोजकले निर्माण सञ्चारलाई बतायो । प्रमुख अतिथि पुडासैनीले गुणस्तरीय र सुरक्षित निर्माणका लागि इलेक्ट्रिसियनको महत्त्वपूर्ण भूमिका हुने बताए पनि इलेक्ट्रिसियनले चाहेजस्तो लाइसेन्स व्यवस्थापनबारे कुनै निष्कर्ष दिएनन् । ‘इलेक्ट्रिसियनको क्षमता अभिवृद्धिका लागि भने आफ्नो तर्फबाट जुनसुकै सहयोग गर्न पनि तयार रहेको’ प्रतिबद्धता भने पुडासैनीले व्यक्त गरेका छन् । इलेक्ट्रिसियनहरुलाई कामको जोखिम, काम गर्दा अपनाउनु पर्ने सेफ्टी प्रविधिबारे नेपालमा अझै पनि सोचिएको छैन । सरकारले यस्ता विषयमा कुनै पनि नीतिगत व्यवस्था गर्ने र अपत्कालीन अवस्थामा परेकालाई राहत दिने वा उद्धार गर्ने सम्बन्धमा समेत कुनै खाका दिन सकेको छैन । न त निजी क्षेत्रले नै उत्साहजनक रुपले आफूलाई अघि बढाउन सकेको छ । यद्यपि जलस्रोतको धनी नेपालमा लाखौं युवाहरु स्वरोजगारमूलक ढंगले विद्युतीय व्यवसाय गर्न सक्ने अवस्था छ । तर उच्च प्रविधि, उच्च सीप तथा जोखिम फेस गर्न सक्ने उच्च रेस्क्यु संरचना नेपालमा अभाव भएकै कारण युवाहरु नेपालको जोखिम मोल्नको साटो बिदेसिने गरेको पाइन्छ । भोकेसनल शिक्षाका रुपमा अनौपचारिक रुपले काम गरिदै आएको यो क्षेत्रलाई राज्यले मान्यता दिनेबारे समेत अहिलेसम्म पनि ठोस निर्णय लिन सकेको छैन । यद्यपि यसका लागि आवाज भने उठ्न छाडेको पनि छैन । कार्यक्रममा महासंघका प्रथम उपाध्यक्ष पौड्याले देशलाई अध्यारोबाट उज्यालो तर्फ लैजाने प्रमुख जिम्मेवारी इलेक्ट्रिसियनको रहने प्रस्ट पारे ।
इलेक्ट्रिसियनहरु नै उज्यालो अभियानका लागि पहिलो इन्जनियर रहेको भन्दै पौड्यालले इलेक्ट्रिसियनहरुमा सीपको निखारता ल्याउन संघले काम गर्नु पर्नेमा जोड दिए ।
नेपालमा प्रयोग हुदै आएका विद्युतिय उपकरणहरुमा तारमा मात्र गुणस्तर प्रमाणित चिन्हको प्रयोग हुने गरेका तर तारसँगै प्रयोगमा ल्याइने एमसिबी, स्विच लगायत सामाग्रीमा पनि गुणस्तर कायम हुनु पर्नेमा सहभागीहरुले जोड दिएका छन् ।
कार्यक्रममा संघको आर्थिक प्रतिवेदन संघका महासचिव प्रकाश कुमार दाहलले प्रस्तुत गरेका थिए भने सल्लाहकार रमबहादुर श्रेष्ठले शुभकामना दिएका थिए ।
...
मंगलबार, ३ असोज, २०७४
प्रकाशित: २०७४ आश्विन २
September 18th 2017
प्रतिक्रिया दिनुहोस्