नेपाली समय: ०७:३३:१९ बेलुका
वि.सं २०८३ भाद्र १   सोमवार

नेपाल विद्युतीय व्यवसायी महासंघमा नयाँ नेतृत्व, अध्यक्ष– खरेल, प्रथम उपाध्यक्षमा पौड्याल

निर्माण सञ्चार, काठमाडौं । नेपाल विद्युतीय महासंघमा नयाँ नेतृत्वको चयन भएको छ । सर्वसहमतिबाट अध्यक्षमा तेजनारायण खरेल अध्यक्ष भएका हुन् भने सर्वसहमतिको अन्तिम प्रयास खेर गएपछिको निर्वाचनबाट प्रथम उपाध्यक्षमा विजयी बनेका छन्, सुदर्शन पौड्याल । पौड्याल यस अघिका महासचिव रहेका थिए ।

नयाँ नेतृत्व चयनसँगै महासचिवमा रमेशप्रसाद देवकोटा निर्वाचित भएका छन् भने द्वितीय उपाध्यक्षमा सञ्जय श्रेष्ठ निर्वाचित भएका छन । त्यस्तै, तृतीय उपाध्यक्षमा अनन्तमान थैव, र कोषाध्यक्षमा दीलिपकुमार अग्रवाल निर्वाचित भएका छन् ।

सचिव र सहकोषाध्यक्षमा क्रमशः लक्ष्मिप्रसाद धिताल र गोपाल अग्रवाल चयन भएको महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति जारी गर्दै नयाँ नेतृत्वले आगामी दिनमा विद्युतीय क्षेत्रको व्यावसायिक हित प्रवद्र्धन गर्न आवश्यक गतिविधि गर्ने जनाएको छ ।

उसले भनेको छ, ‘नेपालको औद्योगिक एवं वाणिज्य क्षेत्रको सर्वाङ्गीण विकास तथा विद्युत्क्षेत्रसँग प्रत्यक्ष संलग्न रहेका तथा यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण उद्योग, व्यवसाय र पेसामा आबद्ध सबैलाई नगर, जिल्ला, क्षेत्रीय संघ तथा एसोसियट सदस्यमार्फत सङ्गठित गर्ने छौं ।’ महासंघले विद्युत उपभोक्ताहरुको हितमा समेत आफूहरु काम गर्ने उल्लेख गरेको छ ।

‘उपभोक्ता समक्ष स्तरीय विद्युतीय सामाग्री तथा प्राविधिक सेवा सुलभ र सरल मूल्यमा आफ्ना सदस्यहरु मार्फत् पुर्याउने उद्देश्यका साथ हामी काम गर्ने छौं ।’

कति छन् महासंघमा आबद्ध सदस्यहरु ?

महासंघले जनाए अनुसार हाल नेपाल भर १९ नगर–जिल्ला संघ तथा ५४ एसोसिएट सदस्यहरु रहेका छन् । ००० महासंघको छैठौ तथा सातौं साधारण सभाको नाम दिइएको तेस्रो महाधिवेशन भदौ २५ गते शनिबार काठमाडौंस्थित होटल अन्नपूर्णमा भएको सम्पन्न थियो । साधारण सभा ऊर्जामन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यतामा भएको थियो ।

निर्वाचित कार्यसमिति यस प्रकार रहेको छ—

श्री तेज नारायणखरेल – अध्यक्ष

श्री सुदर्शन प्रसादपौड्याल – प्रथमउपाध्यक्ष

श्री संजय श्रेष्ठ – द्वितीय उपाध्यक्ष

श्री अनन्त मान थैव – तृतीय उपाध्यक्ष

श्री रेशम प्रसाद देवकोटा – महासचिव

श्री दीलिप कुमार अग्रवाल – कोषाध्यक्ष

श्री लक्ष्मीप्रसाद धिताल – सचिव

श्री गोपाल अग्रवाल – सह–कोषाध्यक्ष

सदस्यहरु—

श्री डिल्लीराम बाह्रकोटी, श्री नारायणबाबु बस्नेत, श्री विनोदबहादुर कार्की, श्री लेखनाथ सापकोटा, श्री शिवकुमार कार्की, श्री शंकर देवकोटा, श्री बालकृष्ण बराल, श्री सन्दीप कसौधन, श्री जगजीत सिंह सुराणा, श्री कोमल पोखरेल रहेका छन् /

यो पनि हेरौं— 

 विद्युत् व्यवसायी महासंघमा चुनावी रन्को, अध्यक्ष निर्विरोध, वरिष्ठ उपाध्यक्षमा सुदर्शन पौडेलले जित्दै !

 ..........

२७ भदौ, ०७३



प्रकाशित: २०७३ भाद्र २६
September 11th 2016

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार