नेपाली समय: ०१:४८:१९ अपरान्ह
वि.सं २०८२ मंसिर २२   आइतबार

ग्रिल तथा स्टिल्स व्यवसायीहरु सहकारीबाट पनि अघि— ललितपुरको सातौं साधारण सभा सम्पन्न

निर्माण सञ्चार, काठमाडौं । ग्रिल तथा स्टिल्स व्यवसायीका रुपमा कार्यरत सम्पूर्ण ग्रिल व्यवसायीहरुको बचत तथा ऋण सहकारी संस्था ललितपुरको सातौं साधारण सभा सम्पन्न भएको छ ।

ललितपुर संघद्वारा सञ्चालित सम्पूर्ण सहकारीको साधारण सभा उद्घाटन गर्दै महासंघ अध्यक्ष मोहन कटुवालले ग्रिल व्यवसायीले सहकारी अभियानबाट पनि देशभरका व्यवासयीलाई नयाँ पाठ सिकाएको बताए ।

२६ गते शुक्रबार भएको सो कार्यक्रममा सहकारीले जिल्ला भित्रका मेटल फेब्रिकेर्टसहरुको जीवनस्तर र व्यवसायमा परिवर्तन ल्याउन सफल रहेको भन्दै यस्तै नमूना कार्य गर्न ग्रिल व्यवसायीहरु लागिपर्नु पर्ने बताए ।

अध्यक्ष कटुवालले काठमाडौं लगायत अरु जिल्लामा पनि सहकारीको विकास र ग्रील व्यवसाय सँगसँगै लैजान सक्ने क्षमता विकास गर्न आफूहरु लागिपरेको बताए ।

त्यसका लागि आवश्यक पर्ने कच्चा पदार्थको बिक्री वितरण गर्ने पसलहरुको विकास गर्ने सोच समेत रहेको उनको दाबी छ ।

उत्पादनमूलक भन्दा ऋण सहकारी बढ्दै गइरहेको अवस्थामा समस्या समेत देखिएको तर्फ संकेत गर्दै कटुवालले उत्पादनमूलक कार्यमा समेत लाग्न सहकारीलाई सुझाएका छन् ।

सम्पूर्ण ग्रील बचत तथा ऋण सहकारी संस्था ललितपुरका अध्यक्ष मंगलकृष्ण श्रेष्ठले सहकारीबाट शेयर धनी ग्रील ब्यवसायीहरु ठेक्का टेन्डरमा ठुला कामहरु लिँदा पुँजीको अभाव हुँदा व्यवासायिक छुट समेत दिने गरेको बताए ।

कार्यक्रममा उत्कृष्ट भएका सहकारीका सेयर सदस्यका छोराछोरी र असल कारोबार गर्ने सेयर सदस्यलाई नगद तथा सम्मान पत्रले सम्मान गरिएको थियो ।

 

...........

२७ कात्तिक, ०७३



प्रकाशित: २०७३ कार्तिक २६
November 11th 2016

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार