‘सुरक्षित पुनःनिर्माण’ का लागि ‘निक इलेक्ट्रो टेक २०१६’— मंसीर ३ बाट हुँदै
निर्माण सञ्चार, काठमाडौं । लोडसेडिङको मारमा परिरहेका नेपाली माँझ लोडसेडिङ समेत कम गर्ने अत्याधुनिक इलेक्ट्रिकल सामग्री सहित नेपाल विद्युतीय व्यवसायी महासंघले काठमाडौंमा भव्य प्रदर्शनी गर्ने भएको छ ।
विद्युत् तथा विद्युतीय व्यवसायको विकास गर्ने लक्ष्य सहित नेपाली बजार नै नेपालका लागि चाहिने विद्युतीय सामग्री उपलब्ध गराउन सक्षम रहेको सन्देश दिनु इलेक्ट्रो टेकको उद्देश्य रहेको आयोजकको दाबी छ ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघका अध्यक्ष तेजनारायण खरेलले यसबारे विस्तृत जानकारी दिएका हुन् ।
प्रदर्शनीमा अधिकांश सहभागी संस्थाहरूले उपभोक्ताहरूसंग प्रत्यक्ष अन्तक्र्रिया गरी आफ्ना उत्पादनहरू बारे जानकारी दिनेछन् भने केहीले सेल्स एरिया मार्फत बिक्री वितरण समेत गरिने आयोजकको योजना छ ।
प्रकाशित: २०७३ कार्तिक २६
प्रमुख उद्देश्य के के छन् ?
अथाह जलविद्युत् उत्पादनको क्षमता रहे पनि नेपालमा त्यसको २ प्रतिशत मात्रै उत्पादन भएको र विद्युतीय विकास र व्यापार प्रवद्र्धन भएमा खाडीमा गएका नेपालीहरुले समेत नेपालमै रोजगार पाउने सक्ने यो क्षेत्रको सम्भावना बारे सरकारी तथा जनस्तरमा सूचना दिनु प्रदर्शनीको थप उद्देश्य हो । यो क्षेत्रको आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरणका लागि नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स प्रदर्शनी गरिने भएको हो । साथमा विभिन्न गोष्ठीको समेत हुने यो आठौं संस्करण हो । ‘सुरक्षित पुनःनिर्माण’ नरा रहेको ‘निक इलेक्ट्रो टेक २०१६’ मंसिर ०३ देखि ०७ सम्म काठमाडौंस्थित भृकुटीमण्डप प्रर्दशनी कक्षमा हुने भएको आयोजकले बतायो । आयोजनाका सम्पूर्ण तयारी पुरा गरिसकेको आयोजकले बताएको छ । उसका अनुसार प्रदर्शनीमा अत्याधुनिक इलेक्टिकल्स लगायतका सामग्रीहरु प्रदर्शनी गरिने छन् । देशको आर्थिक, औद्यौगिक तथा व्यापारिक क्षेत्रहरूको विकासमा सहयोग दिने आयोजक बताउँछ । निक इलेक्ट्रो टेक २०१६ ले केही हदसम्म भए पनि उद्योगी, व्यापारी एंव उपभोक्ताहरू माझ अनुकूल व्यवसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्न टेवा पुर्याउने आयोजकले विश्वास लिएको छ । प्रदर्शनीले भूकम्प पछि मुलुक पुनःनिर्माणका तर्फ अग्रसर भइरहेको बेला सम्पूर्ण विद्युतीय व्यवसायीहरूको तर्फबाट सुरक्षित एवं गुणस्तरीय विद्युतीय सामग्रीहरूको प्रयोगबारे चेतना बढाउने आयोजक बताउँछ । त्यसैले प्रदर्शनीमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीकल, इलेक्ट्रोनिक्स तथा विद्युतीय व्यवसायी एवं उद्यमीहरूलाई एकै स्थानमा जमघट गराइने भएको हो । यसले व्यवसायको सामूहिक हित प्रबद्र्धन गर्ने आयोजक बताउँछ ।नयाँ के के प्रदर्शनीमा आउँदै ?
प्रदर्शनीमा ऊर्जा उत्पादन यन्त्र, ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामाग्री, वायर, केबुल एवं कन्डक्टर, हाउसहोल्ड उपकरण, लाइटिङ्ग, फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रबिधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ ।
प्रदर्शनीमा अधिकांश सहभागी संस्थाहरूले उपभोक्ताहरूसंग प्रत्यक्ष अन्तक्र्रिया गरी आफ्ना उत्पादनहरू बारे जानकारी दिनेछन् भने केहीले सेल्स एरिया मार्फत बिक्री वितरण समेत गरिने आयोजकको योजना छ ।
को को छन् प्रायोजन गर्नेमा ?
विद्युत उपभोक्ताबिच नयाँ टेक्नोलोजी चिनाउने अभिप्राय समेत रहेको यस प्रदर्शनीका लागि विभिन्न क्षेत्रका उत्पादक संस्थाहरु प्रोयोजन तर्फ लागिपरेका छन् । इलेक्ट्रो टेकको यस संस्करणमा नेपाल इकरात इन्जिनियरिङ्ग कम्पनी प्रा. लि. (निक) टाइटल् स्पोन्सर रहेको छ । यसै गरी एच पि एल इन्डिया तथा इलेक्ट्रा इलेक्ट्रिक जस्ता प्रतिष्ठित ब्राण्डहरू गोल्ड स्पोन्सर रहेका छन् भने अफिसिएल बैकको रुपमा एन.आई.सि. एशिया बैक लि., अफिसियल इन्सुरेन्सको रुपमा सिद्धार्थ इन्सुरेन्स र अफिसियल क्यारियरको रुपमा प्यान प्यासिफिक सिपिङ्ग एण्ड लजिस्टिक रहेका छन् ।सहभागी को को ?
निक–इलेक्ट्रो टेक २०१६ लाई भव्यता प्रदान गर्न तथा प्रदर्शनी प्रति ऐक्यवद्धता जनाउन उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल इन्जिनियर्स् एशोसिएसन, सोसाइटी अफ कन्सल्टीङ्ग आर्किटेक्चरल एण्ड इन्जिनियरिङ्ग फर्मस्, सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल, नेपाल सौर्य विद्युत उत्पादक संघ, नेपाल लघु जलविद्युत विकास संघ, सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स् अफ नेपाल, नेपाल इलेक्ट्रिकल कन्ट्र्याक्टर एशोसिएसन, नेपाल विद्युतीय वस्तु उत्पादक संघ जस्ता सम्बन्धित सरोकारवाला संस्थाहरूको सहयोगी संस्थाको रुपमा यस आयोजनामा सहभागिता रहेको छ ।स्टलतर्फ ?
निक इलेक्ट्रो टेक २०१६ मा साना–ठूला गरि ११४ वटा स्टलहरू रहेकोमा सत प्रतिशत स्टलहरु बुकिङ्ग भैसकेको कुरा सहर्ष जानकारी गराउँदछौं । इलेक्ट्रो टेकको यस आठौं संस्करणमा स्नाइडर, लेग्रो, एच.पि.एल., सि एण्ड एस, फिलिप्स, हेभल्स, सिमेन्स, एल एण्ड टी, क्रम्टन, उषा, इलेक्ट्रा इलेक्ट्रीक, ओरियन्ट, निक, सि.जि., हिमस्टार, राठी लगाएतका १०० भन्दा बढी स्वदेशी तथा विदेशी कम्पनीहरूको सहभागिता रहने छ । प्रदर्शनीलाई सहभागीमुलक एवं सुचनामुलक बनाउनका लागि प्रत्येक दिन विभिन्न विषयमा गोष्ठी, कार्यपत्र प्रस्तुती तथा अन्तक्र्रिया कार्यक्रमहरू सञ्चालन हुने छन् । पाँच दिन सम्म चल्ने यस प्रदर्शनीमा देश भित्र तथा बाहिरबाट आमन्त्रित अतिथि, उद्योगी व्यवसायी, प्राविधिककर्मी, सरकारका उच्च अधिकारी, मिडियाकर्मी, विद्यार्थी एवं सर्वसाधारण गरी लगभग एक लाख आगन्तुकहरूले अवलोकन गर्ने विश्वास आयोजकले लिएको छ । ......... २७ कात्तिक, ०७३प्रकाशित: २०७३ कार्तिक २६
November 11th 2016
प्रतिक्रिया दिनुहोस्