नेपाली समय: १०:४१:०६ बिहान
वि.सं २०८३ जेठ ६   बुधवार

विद्युतीय व्यवसायी संघ काठमाडौंको चौथो अधिवेशनको तयारी पुरा

निर्माण सञ्चार, काठमाडौं । काठमाडौं विद्युतीय व्यवसायी संघ, काठमाडौं सातौं वार्षिक साधारण सभा था चौथो अधिवेशनको तयारी पुरा भएको आयोजकले बताएको छ ।

पुस २३ गते काठमाडौंमा हुने अधिवेशन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गर्ने भएका छन् । देशभरका विद्युतीय व्यवसायीको उपस्थिति रहने सो अधिवेशनमा काठमाडौंमा कार्यरत पाँच सय बढी व्यवसायी उपस्थित हुने भएका छन् ।

अधिवेशनमा विभिन्न जिल्लाबाट अध्यक्षहरुको उपस्थिति रहने संघका अध्यक्ष शंकर देवकोटाले निर्माण सञ्चारलाई बताए ।

आयोजकले बताए अनुसार अबको काठमाडौं संघको जिम्मेवारी कवीन्द्र रत्न कसांकारको काँधमा रहने छ भने कार्य समितिका सदस्यहरुका बीचमा पनि सहमति प्रणालीका लागि पहल भैरहेको छ ।

 

 

.........

सोमबार १८ पुस, ०७३



प्रकाशित: २०७३ पौष १७
January 1st 2017

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार