फिनको राष्ट्रिय भेला तथा अन्तर्क्रिया कार्यक्रम हुँदै
निर्माण सञ्चार, काठमाडौं|| नेपाल विद्युत् व्यवसायी महासंघ(फिन)को आयोजनामा राष्ट्रिय भेला तथा अन्तर्क्रिया कार्यक्रम हुने भएको छ ।
मोरङ जिल्ला व्यवसायी संघको संयोजकत्वमा संचालन हुने कार्यक्रममा महासंघको कार्ययोजना समेत निर्धाण गरिने योजना रहेको छ ।
गत भदौ २६ गते तेजनारायण खरेलको नेतृत्वमा नयाँ कार्य समिति बनेपछि पहिलो पटक सबै जिल्लाका पदाधिकारीसंग महासंघले भेला आह्वान गरेको हो ।
भेलाले अधिवेशका क्रममा निर्धारण गरेको कार्ययोजनालाई पनि उठाउने छ । त्यस्तै, महासंघ र जिल्ला संघको सामीप्यता बढाउन पनि भेला उपयोगी हुने फिनले जनाएको छ ।
त्यस्तै महासंघले जिल्ला संघबाट आएका सुझावलाई आत्मसाथ गर्दै व्यवसायीकोे आवश्यकतामा भेला केन्द्रित रहने बताएको छ ।
नयाँ नेतृत्व चयन पछि महासंघले सबै जिल्लाका व्यवसायी बिच भेटघाट गर्न पनि यो कार्यक्रम आयोजना गरेको हो ।
फिनका अध्यक्ष तेजनाराण खरेलले महासंघको आगामी कार्ययोजना समेत यही भेलाले निर्धारण गर्ने बताए । भेलामा १९ जिल्ला संघका अध्यक्ष र सचिव गरी ३८ जना विद्युत् व्यवसायी ,महासंघका १९ जनाको कार्यसमिति तथा पर्यवेक्षकको समेत सहभागिता रहने आयोजकले जनाएकोे छ ।
कार्यक्रम माघ २१ गते देखि २३ गतेसम्म विराटनगरमा चल्ने छ । पहिलो दिन २१ गते मोरङ विद्युत् व्यवसायीले उक्त जिल्लामा रहेका उद्योग वाणिज्य महासंघ तथा जिल्लामा कार्यरत विभिन्न व्यापारिक संघसंस्थाका बिच भेला आयोजना गर्नेछ भने दोस्रो दिन व्यवसायी बिच अन्तरक्रिया हुनेछ ।
त्यस्तै कार्यक्रममा व्यवसायीका लागि उपलव्धि मूलक तालिमको समेत व्यवस्था गरिएको आयोजकले निर्माण सञ्चारलाई बताएको छ ।
.....
१७, सोमबार माघ, ०७३
प्रकाशित: २०७३ माघ १६
प्रकाशित: २०७३ माघ १६
January 29th 2017
प्रतिक्रिया दिनुहोस्