नेपाली समय: ०६:१३:०१ बेलुका
वि.सं २०८३ बैशाख १६   बुधवार

उपत्यकामा १५ लाखको विद्युतीय सामग्री चोरी

निर्माण सञ्चार, काठमाडौं|| उपत्यकाका विभिन्न तीन स्थानका विद्युत् पसलबाट १५ लाख बराबरको विद्युतीय सामग्री चोरी भएको छ ।

सुन्धारामा रहेको क्लेभर लाईट प्रालि र सुदिप इन्टरप्राइजेज तथा बालाजुमा रहेको स्मृति एन्ड प्रतिमा इलेक्ट्रीकलबाट कूल १५ लाख बराबरको सामग्री चोरी भएको हो ।

सामग्री चोरी भएसंगै पीडित व्यवसायीले काठमाडौं विद्युतीय व्यवसायी संघ मार्फत् प्रहरीमा उजुरी दिएका छन् । उजुरी पछि प्रहरीले क्लेभर लाइटमा चोरी गर्न प्रयोग गरिएको गाडी र ड्राइभरलाई पक्राउ गरेको छ ।

सिसी टिभी फुटेजको आधारमा उनलाई पक्राउ गरिएको हो । तर, भाडाका लागिमात्रै गाडी प्रयोग गरेकाले उनको चोरीमा कुनै संलग्न नभएको अनुसन्धानबाट खुलेको छ । ड्राइभरले सुन्धाराबाट चोरीको सामान टेकुमा लगेर अनलोड गरेका थिए ।

यता काठमाडौं विद्युतीय व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम नेपालले चोरी गर्नेलाई तत्काल प्रक्राउ गर्न माग गरेका छन् ।

उनले निर्माण सञ्चारसंग कुरा गर्दै चोरी भएका सबै व्यवसायीको अभिभावकका रुपमा संघ रहेको जानकारी दिए ।

‘चोरी गर्नेलाई तत्काल पक्राउ गर्न अपराध महाशाखामा उजुरी दिएका छौं’ अध्यक्ष नेपालले भने, ‘संघले उक्त चोरीको घटनाबारे छलफल गर्न शुक्रबार बैठक समेत गर्दै छ ।’

त्यस्तै क्लेभर लाईटका सञ्चालक लक्ष्मण पण्डितले आफ्नो पसलबाट १० लाख बराबरको सामान चोरी भएको बताए ।

उनले सिसी टिभी फुटेजमा देखिए अनुसार ४ जनाको समुहले ८६ कार्टुन सामन चोरी जानकारी दिए ।

...........

बुधबार, २६ माघ २०७३



प्रकाशित: २०७३ फाल्गुण ४
February 15th 2017

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार