लुम्बिनी बिद्युत् कम्पनीद्वारा इलेक्ट्रिसियनलाई तालिम
निर्माण सञ्चार, काठमाडौं|| लुम्बिनी बिद्युत् कम्पनी प्राइभेट लिमिटेडले राजधानीमा इलेक्ट्रिसियनलाई तालिम प्रदान गरेको छ ।
काठमाडौं उपत्यकामा कार्यरत इलेक्ट्रिसियनहरुको उल्लेख्य सहभागिता रहेको उक्त तालिममा इलेक्ट्रिक केबलसम्बन्धी प्राविधिक जानकारी दिइएको थियो ।
सो अवसरमा कम्पनीले आफ्ना उत्पादनहरुको बारेमा समेत इलेक्ट्रिसियनहरुलाई जानकारी उपलब्ध गराएको थियो ।
कार्यक्रममा कम्पनीका निर्देशक आनन्दम लबैदले गुणस्तरीय केबल छनौट गर्ने विषयमा प्रष्ट पारे । उनले आगामी दिनमा इलेक्ट्रिसियनहरुको क्षमता अभिवृद्धिको लागि विभिन्न कार्यक्रमको आयोजना गर्ने बताए ।
कार्यक्रममा लक्की ‘ड्र’ बाट केही सहभागी इलेक्ट्रिसियनहरुलाई ‘गिफ्ट ह्यम्पर’ समेत प्रदान गरिएको थियो ।
...
आइतबार, ४ असार, ०७४
प्रकाशित: २०७४ आषाढ ३

June 17th 2017
प्रतिक्रिया दिनुहोस्