नेपाल इलेक्ट्रिसियन संघको आठौं वार्षिक साधारण सभा हुने
निर्माण सञ्चार, काठमाडौं | नेपाल इलेक्ट्रिसियन संघको आठौं वार्षिक साधारण सभा एवं विश्वकर्मा पूजा हुने भएको छ ।
कार्यक्रम आगामी आश्विन १ गते (आइतबार) सुन्धाराको चाइना टाउन शपिङ्ग सेन्टर बागदरबारमा हुने भएको हो ।
‘रक्तदान जीवन दान’ भन्ने मुल नाराका साथ कार्यक्रम बिहान १०ः३० देखि दिउँसो २ः३० बजेसम्म सञ्चालन हुने छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा गुण तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी उपस्थित हुने नेपाल इलेक्ट्रिसियन संघका अध्यक्ष भीमलाल श्रेष्ठले निर्माण सञ्चारलाई बताए ।
कार्यक्रममा हजार जना इलेक्ट्रिसियन समेत उपस्थित हुने भएका छन् ।
नेपालमा दक्ष इलेक्ट्रिसियन अभावका कारण निर्माणधीन कार्य कमजोर हुँदै गइरहेको छ ।
जसका कारण दिनानुदिन ठूलाठूला उद्योग, हाइड्रो उद्योग, कलकारखाना जस्ता ठाउँमा आगोलागी हुने घटना घट्ने गर्छन् ।
नेपाल इलेक्ट्रिसियन संघका अध्यक्ष श्रेष्ठका अनुसार नेपालमा अनुगमन निकाय नै कमजोर रहेकाले हरेक क्षेत्रका काम कम गुणस्तर हुने गर्दछन् ।
इलेक्ट्रिसियनहरुले लाइसेन्स पाउने लगायतको कुनै विषयमा मापदण्ड नै नबनेको र सरकारले यस विषयमा चासो समेत नदिएको अध्यक्ष श्रेष्ठले निर्माण सञ्चारलाई बताए ।
सोही समस्या उठाउने मुख्य उद्देश्य रहेको कार्यक्रममा सम्पूर्ण कार्यरत इलेक्ट्रिसियन सहित हेड्स नेपालका सदस्यहरु र आम समुदायहरु सहभागि भएर सहयोग गरिदिन आयोजकले हार्दिक निमन्त्रणा गरेको छ ।
कार्यक्रममा हेड्स नेपालको संयोजनमा रक्तदान–स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ भने लोकप्रिय गायक–गायिकाद्वारा भजन कृतन पनि हुने भएको छ ।
...
शुक्रबार, ३० भदौ, ०७४
प्रकाशित: २०७४ भाद्र २९
...
शुक्रबार, ३० भदौ, ०७४
प्रकाशित: २०७४ भाद्र २९
September 14th 2017
प्रतिक्रिया दिनुहोस्