
नेपालमा पहिलो सामसङ फोरम कार्यक्रम सम्पन्न
निर्माण सञ्चार, काठमाडौँ । सामसङ नेपालले आफ्ना खुद्रा तथा व्यावसायिक साझेदारहरुसँग तिन दिने अन्तक्रियात्मक सामसङ फोरमको आयोजना गरेको छ ।
श्री एच्.सी.होङ, अध्यक्ष तथा सामसङ साउथ वेष्ट एसियाका कार्यकारी अधिकृतको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रम मार्च २१ देखि मार्च २३ सम्म काठमाडाैँको होटल अन्नपूर्णमा आयोजना गरिएको थियो । कार्यक्रममा सामसङ नेपालका नेतृत्वको सहभागिता रहेको थियो ।
आइ एम बिजका अध्यक्ष तथा सामसङ नेपाल मोबाइल शाखाका प्रमुखले भने, ‘सामसङले उपभोक्ताको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै आफ्ना उत्पादनलाई निरन्तर नवीन भविष्यउन्मूखी अनि उच्च गुणस्तरीय बनाउँदै लाग्ने छ ।’
उनले थपे, ‘नेपालमा उपभोक्ताहरुको लागि हामीले मोबाइल, टेलिभिजन, वासिङ मेसिन र रेफ्रिजरेटर लगायतका सामानको पहिलो रोजाईको ब्राण्डको रुपमा स्थापित छौँ । यो उपलब्धि हाम्रा साझेदारहरुको अथक लगनबाट मात्र सम्भव भएको हो ।’
कार्यक्रममा सहभागी साझेदारहरुलाई सामसङ नेपालको भविष्यको कार्ययोजना तथा कम्पनीको नयाँ उत्पादनहरुसँग अध्यावधिक गरिएको थियो ।
पहिलो दिनको कार्यक्रम साझेदारहरुको लागि आयोजना गरिएको थियो भने दोश्रो दिन प्रिन्ट तथा डिजिटल क्षेत्रका मिडियासँग सामसङको नेतृत्वको साक्षत्कार कार्यक्रम राखिएको थियो ।
कार्यक्रमको अन्तिम दिन व्यावसायिक साझेदारसँग भेटघाट तथा अन्तरक्रिया गरी उक्त कार्यक्रमको समापन गरिएको थियो ।
नेपाली बजारमा सामसङको ‘फ्लेक्स वास वासिङ्ग मेसिन’
सामसङ इलेक्ट्रोनिक्सले नेपाली बजारमा ‘फ्लेक्स वास वासिङ्ग मेसिन’ भित्र्याउन गइरहेको छ । नेपाली उपभोक्ताको चाहनालाई ध्यानमा राखी सामसङले मार्च महिनाको २१, २२ र २३ गते सम्पन्न गर्न गइरहेको सामसङ फरम मार्फत् यो वासिङ्ग मेसिन नेपाली बजारमा ल्याएको छ ।
यो वासिङ्ग मेसिनमा एड वास, एयर वास, भि आर टि, स्मार्ट कन्ट्रोल, एयर वास, स्मार्ट चेक, इको ड्रम क्लिन जस्ता विशेषताहरु छन् ।
जसमा एयर प्युरिफायर पनि बन्डलिङको साथ प्रदान गरिने छ । यसको नेपाली बजार मूल्य रु २,६९,९९९ तोकिएको छ ।
...
शुक्रबार ९, चैत्र ०७४
प्रकाशित: २०७४ चैत्र ९
.jpg)
प्रकाशित: २०७४ चैत्र ९
March 23rd 2018
प्रतिक्रिया दिनुहोस्