नेपाली समय: ०१:५४:२८ बिहान
वि.सं २०८० मंसिर २१   बिहीवार

लिटरमा १० रुपियाँले घट्यो पेट्रोल–डिजेलको मूल्य, किन एक्कासी सस्तियो यसरी ?

निर्माण सञ्चार, १९ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै आएको गिरावटका कारण नेपालमा पनि इन्धनको मूल्य ह्वात्तै घटेको छ ।

प्रतिलिटर १० रुपियाँको दरले घटेकोमा पेट्रोल र डिजेलको अबको मूल्य क्रमशः ९६ र ८५ रुपियाँ कायम भएको छ । 

नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको जानकारी दिएको हो । जसअनुसार काठमाडौंको लागि पेट्रोलको खुद्रा बिक्री मूल्य ९६ रुपियाँ तथा डिजेल र मट्टितेलको खुद्रा विक्री मूल्य ८५ रुपियाँ प्रतिलिटर कायम भएको हो ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबारको बैठकले रातको १२ बजेबाट लागू हुने गरी उक्त मूल्य कायम गरेका हुन् । निगमले साबिकको खुद्रा बिक्री मूल्यबाट प्रतिलिटर १० रुपियाँ दरले घटाएको बताएको छ ।

यसरी इन्धनको मूल्यमा एकाएक गिराओट आउनुमा कोरोनाबाट सिर्जित अन्तर्राष्ट्रिय बजारको अवस्थाले हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाइएको निगमको भनाइ छ ।

 

 

०००



प्रकाशित: २०७६ चैत्र १९
April 1st 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार