
नाडा अटो मेलामा ग्राहकको आकर्षण नयाँ मोडल
निर्माण सञ्चार, १३ भदौ, ०७६, काठमाडौं । अटोमोवाइल्स् एशोशियसन अफ नेपाल (नाडा) को आयोजनामा संचाललित नाडा अटो शो २०१९ मेलाको चौथो दिन दिनसम्म आइपुग्दा निसान, सुजुकी, महिन्द्रा, ड्याट्सन तथा फोर्डका गाडीमा ग्राहकको आकर्षण बढी देखिएको छ। भृकुटीमण्डप प्रदर्शनी स्थलमा सुरु भएको यो मेला नाडाको १४औं संस्करण हो।
मेलामा सुजुकीले दुई लाखसम्म नगद छुट, अधिकतम एक लाखसम्मको एक्सचेन्ज बोनस, इ–स्क्र्याच सिस्टममार्फत अधिकतम एक लाखसम्मको थप छुटको व्यवस्था मिलाएको छ।
त्यस्तै एक वर्षसम्मको सवारी कर निःशुल्क गरेको अफर सार्वजनिक गरेको छ। बिक्रीमा रहेका इर्टिगा, सियाज र एस क्रस गरी तीन मोडेलका गाडी राखेको कम्पनीले जनाएको छ। जसको खरिद मूल्य क्रमशः ३८ लाख ९९ हजार, ३८ लाख २९ हजार तथा ४२ लाख ९९ हजार छ।त्यस्तै मेलामा स्मार्ट हाइब्रिड कारले राम्रो व्यापार गरिरहेको जनाएको छ।
महेन्द्राले एक्सयुभी–३००’ तथा ‘मराजो’बाट राम्रो रेस्पोन्स पाइरहेकोे जनाएको छ। एक्सयुभी–३०० मा दुई प्रकारका इन्जिन अप्सन छन्, जुन १।२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको कम्पनीको भनाइ छ। यसमा उपलब्ध १।२ लिटर पेट्रोल इन्जिनले पाँच हजार आरपिएममा ११० पिएस पावरका साथै ३५ सय आरपिएममा २०० एनएम–टर्क उत्पादन गर्ने जनाइएको छ।
यसमा आकर्षक सनरुफको साथै, एलइडी डेटाइम रनिङ–लाइट, पुस स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोल लगायत विशेषता छन्।सातवटा एअरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्विल, इबिडी तथा एबिएस जस्ता अत्याधुनिक विशेषताले एक्सयुभी–३०० निकै सुरक्षित गाडी बनेको उल्लेख छ।
एक्सयुभी ३०० को मूल्य पेट्रोल डब्लू फोर वर्गका लागि ३९ लाख ७५ हजार र डिजेल डब्लू फोर वर्गका लागि ४१ लाख २५ हजार तोकिएका जनाइएको छ।त्यस्तै, ड्याट्सन र निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले न्यू गो गाडीबाट बजारमा उच्च माग भइरहेको जनाएको छ। ड्याट्सन गोको नयाँ संस्करणमा शक्तिशाली १।२ लिटर इन्जिन, रिएर वाइपर, आर १४ डाइमन्ड कट एलो ह्विल तथा डुअल एअर ब्याग जस्ता विशेषता भएकाले ग्राहाकको ध्यान तानिरहेको जनाएको छ।
उक्त गाडी किन्दा ९९ हजार बराबरको निःशुल्क एसेसोरिज, एक वर्षको बिमा, तीन वर्षसम्मको वारेन्टी, तीन वर्षसम्म निःशुल्क सर्भिसिङ, एक वर्षसम्मको सडक कर र एक लाख २५ हजारसम्म नगद छुट तथा फेस्टिभ डिस्काउन्ट अन्तर्गत ५० हजार छुट दिई रहेको कम्पनीको भनाइ छ।
ooo
प्रकाशित: २०७६ भाद्र १३
प्रकाशित: २०७६ भाद्र १३
August 30th 2019
प्रतिक्रिया दिनुहोस्