नेपाली समय: १२:५५:१८ am
वि.सं २०८० आश्विन ११   बिहीवार

पिपिएलका उत्कृष्ट खेलाडी टिभिएस अपाचेद्वारा पुरस्कृत

निर्माण सञ्चार, पुष १६, कास्की । नेपालको फ्रेन्चाइज क्रिकेट प्रतियोगिताहरु मध्येको एक सर्वाधिक चासो रहेको प्रतियोगिता पिपिएल सम्पन्न भएको छ । 

नेपालभित्र खेलाइने यसप्रकारका प्रतियोगिताहरुलाई प्रवद्र्धन गर्ने उद्देश्य जगदम्बा मोटर्स प्रा.लि.ले लिंदै आएको छ । 

सोही उद्देश्य अनुरुप क्वीन्स इभेन्टको आयोजना रहेको पिपिएलमा पनि टिभिएस अपाचेको साथ जगदम्बा मोटर्स प्रा.लि. जोडिएको थियो । 

उक्त प्रतियोगिताको एक महत्वपूर्ण प्रायोजक रहेको टिभिएस अपाचेले प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडीहरुलाई टिभिएस अपाचे बाइकद्वारा पुरस्कृत गर्ने घोषणा गरे बमोजिम प्रतियोगितामा उत्कृष्ट साबित भएका ३ जना क्रिकेट खेलाडीहरुलाई उक्त पुरस्कार प्रदान गरिएको छ ।

कम्पनीका उपाध्यक्ष श्री दीपक अग्रवाल स्वयंको उपस्थितिबीच पुरस्कारका बाइकहरु सम्बद्ध खेलाडीलाई प्रदान गरिएको थियो । 
जस अनुसार प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल, म्यान अफ दी सिरिज रोहन मुस्तफा र उत्कृष्ट बलर करण के.सी. प्रत्येकले एक एकवटा टिभिएस अपाचे RTR 200 4V  अपाचे  160 4v अपाचे  160 2V  ।

उत्ृकष्ट खेलाडीहरुलाई पुरस्कार हस्तान्तरण गरेपछि जगदम्बा मोटर्स प्रा.लि.का उपाध्यक्ष श्री दीपक अग्रवालले भने, ‘वास्तवमा खेलाडीहरु आफ्नो उत्कृष्ट प्रदर्शनीबाट नै अन्यमाझ चिनिने गर्दछन्, त्यस्तै टिभिएस अपाचे पनि आफ्नो विश्वविख्यात प्रविधिको कारण अरुहरुमाझ परिचित रहँदै आएको छ । पिपिएलका उत्कृष्ट खेलाडीहरुलाई तथा विजेता टिमलाई बधाई दिंदै आगामी दिनमा पनि यस्तै सफलताको कामना गर्दछु ।’

पोखरामा सम्पन्न पिपिएल प्रतियोगिताको दोस्रो संस्करणमा टिभिएस अपाचे बाइक पावर्डतर्फको प्रायोजक रहेको थियो ।


०००



प्रकाशित: २०७६ पौष १७
January 2nd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार