.jpg)
‘दाउह’ टेक्नोलोजीः विश्वको दोस्रो ठूलो सुरक्षा उपकरण उत्पादकको ‘मुइन इन्टरनेसनल’ बन्यो नेपालको राष्ट्रिय वितरक
निर्माण सञ्चार, १६ कात्तिक ०७८, काठमाडौं । मुइन इन्टरनेसनल प्रालि विश्वको दोश्रो ठुलो सुरक्षा उपकरण उत्पादक कम्पनी– DAUHA TECHNOLOGY को नेपाली बजारमा राष्ट्रिय वितरक बनेको छ ।
राजधानी काठमाडौंको एक होटलमा सम्पन्न एक विशेष समारोहमा दुई पक्षीय सम्झौता पछि सो वितरकको कार्यभार मुइन इन्टरनेसनलले पाएको हो ।
दाउहा मूलतः सुरक्षा सर्वेक्षण सम्बन्धी अत्याधुनिक प्रविधि हो । यसका विभिन्न खाले सिसिटिभी क्यामेरा बजारमा छन् । विश्व बजारमा यही कम्पनीका सामानहरुको उच्च माग रहेको आयोजकको दाबी छ । उत्पादन र बजारीकरणमा दाउहा विश्वव्यापीरुपमा विक्री वितरण गरिरहेको टेक्नोलोजी उत्पादक कम्पनी हो ।
नेपालका लागि राष्ट्रिय वितरक बनेको मुइन इन्टरनेसनलका अनुसार दाउहा आफ्ना उत्पादनहरुको उचित बजार व्यवस्थापन, विक्री वितरण गर्न रणनीतिक रुपमा सफल छ । आफ्ना ग्राहकहरुमो माग बढ्दो देखेपछि उसले नेपालमा पनि वितरण सुरु गरेको मुइन इन्टरनेसनलको भनाइ छ ।
मुइन इन्टरनेसनलले अबका दिनमा नेपालमा सो कम्पनीका सामानहरुको विक्री वितरण विक्री पछिका लािग आवश्यक सबै सेवाका लागि सहजीकरण गर्ने छ ।
सो कम्पनीका तर्फबाट नेपाल प्रतिनिधि माओ संकाई र मुइन इन्टरनेसनल प्रालिका तर्फबाट महाप्रबन्धक सन्तोष गौतमले आउने वर्ष (सन् २०२२) जनवरी १ देखि लागु हुने गरी राजधानीको मारियट होटलमा विशेष समारोहमा सम्झौता गरेका हुन् ।
सम्झौतासँगै मुइन इन्टरनेसनल उक्त चाइनाको दाउहा टेक्नोलोजीको ‘दाउहा’ ब्राण्ड अन्तर्गत उपलब्ध हुने सबै उत्पादनहरुको नेपालको लागि आधिकारिक राष्ट्रिय विक्रेता बनेको छ ।
प्रोडक्ट लन्चिङ इभेन्ट नाम गरिएको समारोहमा नेपालभरबाट थोक रुपमा विद्युतीय सुरक्षा सामग्री विक्री गर्ने संस्था र तिनका प्रतिनिधिहरुको भव्य उपस्थिति थियो ।
सन २०११ बाट नेपाली बजारमा प्रबेश गरेको मुइन इन्टरनेसनल सुरक्षा प्रविधिजन्य बजारमा आधिपत्य राख्दै आएको छ । मुइन इन्टरनेसनल CCTV Surveillance Camera, Networking Products, E –PABX System, Automatic Sensor Door Products, Access Control System, Bio Metric product , Fire safety products लगायतका व्यापारमा डिलर बेस मार्फत सक्रिय छ । मुइन इन्टरनेसनल प्रालिले नेपालभरि सयभन्दा बढी डिलर कम्पनीको साथमा काम गरिरहेको छ । उसका लागि ग्राहकहरुको सन्तुष्टि नै ठूलो छ । कम्पनीका महाप्रबन्धक सन्तोष गौतमका अनुसार मुइन इन्टरनेसनलले दिएको सेवा शतप्रतिशत विश्वासयोग्य रहेको एक सर्वेक्षणले पुष्टि गरेको छ ।
०००
प्रकाशित: २०७८ कार्तिक १६

November 2nd 2021
प्रतिक्रिया दिनुहोस्