नाडा निर्वाचनः कँडेलको टिमबाट प्रदीपमानको उम्मेदवारी
निर्माण सञ्चार, काठमाडौँ । नेपाल अटोमोवाइल्स डिलर्स एसोसिएसन (नाडा)को आगामी २६ गते हुने चुनावमा राम कँडेल टिमको सदस्यमा प्रदीपमान प्रधानको उम्मेदवारी परेको छ ।
अध्यक्ष पदका लागि दुई जनाले उमेदवारी परेपछि दाहाल पक्षको विरुद्धमा कँडेल पक्ष चुनावी मैदानमा भिड्न लागेको छ ।
नाडामा अध्यक्ष र १४ जना सदस्य निर्वाचित हुने व्यवस्था छ । अहिलेको निर्वाचनबाट चुनिएका सदस्यहरुबाट पुन: पदाधिकारीका लागि चुनाव हुनेछ । कडेल समूहले अध्यक्ष सहित १५ जनाको नाम सार्वजनिक गरेको छ । जसमा दीपक थापा, करणकुमार चौधरी, अभिक ज्योति, प्रदीपमान प्रधान, शम्भुप्रसाद सुवेदी, अनुपकुमार बराल, विक्रम सिंहानिया, प्रकाश कपुरी, सुरज भट्टराई, दीपक अग्रवाल, मिलनबाबु मल्ल, पंकज अग्रवाल, सुमिरण आचार्य, निलमणी पाठक रहेका छन् ।
प्रदीपमानको उम्मेदवारी किन ?
निर्माण सञ्चारसँग बोल्दै प्रधानले मतदाताहरुसँग आफू र आफ्नो टिमलाई जिताउन मत मागेका छन् । बिग्रँदै गएको अटोमोवाइल क्षेत्रलाई सही मार्गमा ल्याउन प्रदीपमान प्रधानका यस्ता छन् एजेण्डाहरुः
शनिबार २४, चैत्र ०७४
प्रकाशित: २०७४ चैत्र २४

- नाडालाई आगामी २ बर्षभित्र संघीय अवधारणामा लान,
- नाडालाई शसक्त सङ्गठनको रुपमा विकास गर्न
- नाडाले डिलररसबडिलरको हित गर्न
- स्पेयरपार्ट्समा देखिएको सन्दर्भमूल्यको समस्या समाधान गर्न,
- टायरट्युब, मोबिलको व्यापार गर्ने साना ब्यापारीहरुको हित गर्न,
- वर्कसप ब्यवस्थापन गर्न स्थानीय सरकार सँग सहकार्य गर्न,
- नाडालाइ राजनीति मुक्त थलो बनाउन,
- सडक मर्मतमा उठाएको कर सोही शीर्षकमा खर्च गराउन आदि ।
शनिबार २४, चैत्र ०७४
प्रकाशित: २०७४ चैत्र २४
April 7th 2018
प्रतिक्रिया दिनुहोस्