योग्यता अनुसार काम गर्न अध्यक्ष गौचनको आग्रह
निर्माण सञ्चार, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनले निर्माण व्यवसायीहरुलाई आफ्नो योग्यता अनुसार काम गर्न आग्रह गरेका छन् ।
बन्ने गरेका सडकहरु बनकै केही दिनमा भत्कने, निर्माण जिम्मा लिएका कामहरु समेत वर्षाैं नबन्ने भएपछि जनमानसबाट विभिन्न खाले आरोपसँगै निर्माण व्यवसायीहरुको निर्माण क्षमता माथि पनि प्रश्न उठेकै बेला महासंघ अध्यक्षले निर्माणकर्मीहरुलाई आफ्नो क्षमता बेगरको आकास थेग्ने काममा हात नहाल्न आग्रह गरेका हुन् ।
साधारण सभाको उद्घाटन सत्रमा महासंघका सल्लाहकार तेजबहादुर चन्द, उपाध्यक्षहरु भीमबहादुर साउद, लक्ष्मणकुमार राना, महासचिव रामशरण देउजा, उपमहासचिव सूर्यप्रसाद तिमल्सिना, सदस्यहरु मदनबहादुर कुँवर, मोहनप्रकाश आचार्य, रत्नबहादुर खड्का लगायतका व्यवसायीहरुले सरकार व्यवसायीहरुको समस्याप्रति गम्भीर हुन नसकेको बताएका थिए ।
..........
प्रकाशित: २०७३ भाद्र २९
यसै सिलसिलामा रौतहट साइटको राजमार्ग मर्मत भएको साता दिन नबित्दै भत्किएको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार समेत आइरहेको छ। सडक डिभिजन कार्यालय रौतहटले एक साताअघि पूर्व–पश्चिम राजमार्गको रौतहट धनसारदेखि बागमती सडकखण्ड मर्मत गरेको थियो। सो सडकखण्डमा मर्मत गरेको साता नबित्दै सडकभर खाल्डाखुल्डी परिसकेको छ ।
निर्माण यस्तो कमसल भएपछि सर्वसाधारणले निर्माण व्यवासायीको अप्ठेरो के थियो भनी सोध्धैन, बरु कमजोर निर्माणलाई लिएर आलोचना गर्ने गर्छन् र देशको पूर्वाधार निर्माणको मेरुदण्ड यो क्षेत्र आलोचनाको पात्र बन्ने गरेको हुन्छ ।
निर्माण व्यवसायी संघ बर्दियाको १४ औं साधारण सभा तथा सातौं अधिवेशनलाई बिहीबार गुलरीयामा सम्बोधन गर्दै अध्यक्ष गौचनले व्यवसायीहरुलाई आफनो योग्यता तथा क्षमता अनुसार काम गर्न आग्रह गर्दै समसामयिक परिस्थितिमा मुलुकमा उठेका विभिन्न कुराहरुले समेत गुणस्तरीय निर्माण कार्यमा हानि पुगिरहेको समेत बताएका छन् ।
व्यवसायीमैत्री ऐन तथा निर्माण सामाग्रीको अभावका कारण पनि व्यवसायीहरुले गुणस्तरीय काम गर्न नसकेको अध्यक्ष गौचनको भनाइ छ ।
साधारण सभाको उद्घाटन सत्रमा महासंघका सल्लाहकार तेजबहादुर चन्द, उपाध्यक्षहरु भीमबहादुर साउद, लक्ष्मणकुमार राना, महासचिव रामशरण देउजा, उपमहासचिव सूर्यप्रसाद तिमल्सिना, सदस्यहरु मदनबहादुर कुँवर, मोहनप्रकाश आचार्य, रत्नबहादुर खड्का लगायतका व्यवसायीहरुले सरकार व्यवसायीहरुको समस्याप्रति गम्भीर हुन नसकेको बताएका थिए ।
..........
तस्वीर— एफक्यान समाचार समन्वय बेन्च ।
३० भदौ, ०७३
प्रकाशित: २०७३ भाद्र २९
September 14th 2016
प्रतिक्रिया दिनुहोस्