डेढ सय वर्ष पुरानो ‘एटलासकोप्को’का हेभी औजार नेपालमाः ‘एनसिइसी’ले गर्यो प्रदर्शनी
निर्माण सञ्चार, १३ मंसिर, काठमाडौं । नेपाल कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ्ग कर्पोरेसन प्रा.लि.‘एनसिइसि’ र विश्वमै हेभी औजार निर्यात गर्ने स्विडिस कम्पनी ‘एटलासकोप्को’ले मंसिर १० गते गाह्रक भेला गरेको छ ।
मंगलबार राजधानीमाको होटल शंखर, लाजिम्पाटमा एनसिइसि’ र एटलासकोप्कोले गाह्रक भेला सम्पन्न गरेका हो ।
एनसिइसिका सिइओ सिद्धार्थ मणि राजभण्डारीले कार्यक्रममा बोल्दै एट्लास्कोप्कोसंगको आधा सताव्दीभन्दा लामो सहकार्य गरेको बताए ।
करिब ५० वर्षदेखि एनसिइसि नेपालका लागि एट्लासकोप्कोको अधिकृत डिलरको रुपमा रहेको छ ।
सिइओ भण्डारीे अनुसार, न्यूमेटिक पावर प्रयोग हुने जुनै पनि क्षेत्रमा जस्तै हाइड्रोपावर, रोड÷ब्रिज कन्स्ट्रक्सन, अप्टिकल फाइबर, इत्यादि क्षेत्रमा एट्लासकोप्कोले विभिन्न कम्प्रेसर, लाइट टावर, रक ड्रिल, ब्रेकर आदि उपकरणको विक्री वितरण तथा सेवा दिँदै आएका बताए ।
उक्त कार्यक्रममा एट्लासकोप्को इन्डियाका जेनेरल म्यानेजर टोनी भ्यान हरब्रोेगेनको उपस्थिति रहेको थियो । विभिन्न पूर्वाधार निर्माण क्षेत्रका कार्यरत प्रतिनिधिहरु जस्तै टुन्डी कन्स्ट्रक्सन, लामा कन्स्ट्रक्सन, शर्मा कन्स्ट्रक्सन, सि.ई. कन्स्ट्रक्सन, बलेफी हाइड्रो, एफक्यानका प्रतिनिधिहरु तथा निर्माण व्यवसायीहरुको ठूलो उपस्थिति रहेको थियो ।
०००
Lets See the video:
https://www.facebook.com/NirmanNews/videos/444505732927531/
प्रकाशित: २०७६ मंसिर १३
प्रकाशित: २०७६ मंसिर १३
November 29th 2019
प्रतिक्रिया दिनुहोस्