भदौ ३ देखि ‘फर्नेक्स एक्स्पो’ हुँदै
निर्माण सञ्चार, काठमाडौं|| आगामी भदौ तीन गते देखि सात गतेसम्म ‘फर्नेक्स एक्स्पो’ हुने भएको छ ।
नेपाल फर्निचर तथा फर्निसिङ संघ, काठमाडौंको आयोजनामा हुने उक्त मेलाको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्घाटन गर्ने छन् ।
पाँचौं संस्कारणको उक्त मेलामा स्वदेशी तथा विदेशी फनिचर उपलब्ध हुने आयोजनकले जनाएको छ । मेला आयोजक समितिका संयोजक अरुणकुमार चौधरीका अनुसार मेलामा बजारका पछिल्ला फर्निचरका उत्पादनलाई प्राथमिकता दिने बताए ।
मेलामा १ लाख ७५ हजारले अवलोकन गर्ने जनाउँदै उनले मेलामा किनबेच नहुने तर उपयुक्त लागेका फर्निचर अर्डर भने गर्न सकिने जाकारी दिए ।
...
आइतबार, १५ साउन, ०७४
प्रकाशित: २०७४ साउन १४
प्रकाशित: २०७४ साउन १४
July 29th 2017
प्रतिक्रिया दिनुहोस्