फर्नेक्स नेपाल ०१६— ५ वर्षभित्र फर्निचरमा आत्मनिर्भर बनाउने अठोट
निर्माण सञ्चार, काठमाडौं । केही दिन अघि मात्रै भृकुटीमण्डपमा यस्तै एक्पो भयो फिन इलेक्ट्रोटेक । नेपाललाई आत्मनिर्भर बनाउने र विद्युतीय नयाँ सामग्रीबारे परिचित गराउने उद्देश्य राखेर सुरु गरिएको सो टेकेमा हजारौं संख्यामा आगन्तुकहरुले भिजिट गरे र लाखौंको कारोबार पनि भएको आयोजकले बताएको थियो ।
त्यस्तै , यतिबेला राजधानीको भृकुटीमण्डपमा शुक्रबारबाट चौथो ‘फर्नेक्स नेपाल २०१६’ मेला सुरु भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको आयोजनामा सञ्चालित उक्त मेलाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले संयुक्त रूपमा गरेका हुन् ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष मुरारकाले फर्नेक्स एक्स्पो चौथो चरणसम्म आइपुग्दा यो व्यवसायले पनि परिष्कृत रूप लिएको बताएका थिए भने यस क्षेत्रका उद्योगी व्यवसायीका समस्याको समाधानका लागि जस्तोसुकै सहयोग गर्न महासङ्घ तयार रहेको बताए ।
चेम्बर अध्यक्ष श्रेष्ठले नयाँ परिस्थिति अनुसार सामान मात्र नभएर रिपेयर गर्न आवश्यक पर्ने अन्य औजार तथा सामग्री पनि एक्पोमा राख्न सुझाव दिएका थिए ।
उनले यस क्षेत्रका उद्योगी व्यवसायीले भोग्दै आएका श्रम, विद्युत्, नीति नियमलगायत समस्याको समाधानका लागि चेम्बर सहयोग गर्न तयार रहेको बताए ।
नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी काठमाडौं सङ्घका अध्यक्ष कवीन्द्र जोशीले बढ्दै गएको सहरीकरण र परिवर्तन हुँदै गएको मानिसको जीवनशैलीले फर्निचर प्रति अकर्षण ह्वात्तै बढेका बताए ।
नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासङ्घका अध्यक्ष सुरेन्द्रकुमार शारदाले श्रम, नीति तथा नियम, विद्युत्लगायत समस्या समाधान भए ३ देखि ५ वर्षभित्रमा नेपाल फर्निचरमा आत्मनिर्भर हुन सक्ने धारणा राखेका छन् ।
नेपाली बजारमा उपलब्ध फर्निचर तथा फर्निसिङका सामानको मूल्य, गुणस्तर, डिजाइनलगायत विषयमा जानकारी दिने व्यवस्था समेत गरिएको सो मेलाको शीर्ष प्रायोजक सान फर्निचर तथा मुख्य प्रायोजकमा यती फ्लोरिङ र जेम फ्लोरिङ रहेका छन् ।
मेलामा इण्टेरियर डिजाइन प्रतियोगिता (आईडीसी–२०१६) को पनि आयोजना गर्ने भएको छ । यो प्रतियोगिता विद्याथीहरूबीच गराइने कार्यक्रम छ ।
मेला मङ्सिर २१ गतेसम्म सञ्चालन हुनेछ ।
प्रकाशित: २०७३ मंसिर १८

के के छन् मेलामा ?
पहिलो दिन दर्शकको उल्लेख्य सहभागिता रहेको आयोजकले बतायो । मेलामा साना तथा ठूला गरी ६७ स्टल रहेको र यीमध्ये ३७ ओटामा स्वदेशमा उत्पादित र ३० ओटामा विदेशबाट आयातित वस्तुहरू छन् । मेलामा विभिन्न फर्निसिङका सामग्री, अफिस तथा घरायसी फर्निचर, वास्तु परामर्श, होम एप्लायन्सका साथै घर सजाउने अन्य सामग्रीहरू राखिएका छन् ।
नेपाली बजारमा उपलब्ध फर्निचर तथा फर्निसिङका सामानको मूल्य, गुणस्तर, डिजाइनलगायत विषयमा जानकारी दिने व्यवस्था समेत गरिएको सो मेलाको शीर्ष प्रायोजक सान फर्निचर तथा मुख्य प्रायोजकमा यती फ्लोरिङ र जेम फ्लोरिङ रहेका छन् ।
मेलामा इण्टेरियर डिजाइन प्रतियोगिता (आईडीसी–२०१६) को पनि आयोजना गर्ने भएको छ । यो प्रतियोगिता विद्याथीहरूबीच गराइने कार्यक्रम छ ।
मेला मङ्सिर २१ गतेसम्म सञ्चालन हुनेछ ।
दर्शकको घुइँचो
आयोजकका अनुसार ‘फर्नेक्स नेपाल २०१६’ मेलाको दोस्रो दिन शनिबार दर्शकको उल्लेख्य सहभागिता रह्यो । उक्त मेलामा सोचेभन्दा धेरै दर्शकको उपस्थिति रहेको आयोजक सङ्घका उपाध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक सुजिल श्रेष्ठले बताए । मेलाको दोस्रो दिन लक्की ड्र प्रतियोगिता आयोजना भएको थियो । उक्त लक्की ड्र कार्यक्रमका लागि क्लासिक म्याट्रेसले सिरक र एमडी फर्निचरले कुर्सी स्पोन्सर गरेका थिए । .......... १९ मंसिर, ०७३प्रकाशित: २०७३ मंसिर १८
December 3rd 2016
प्रतिक्रिया दिनुहोस्