लो–बिड निरुत्साही गर्दै वास्तविक पीडित निर्माण व्यवसायीलाई न्याय दिइने छ —मन्त्री शाही
निर्माण सञ्चार, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले भूकम्प र नाकाबन्दीका कारण निर्माणमा अवरोध भई काम पुरा हुन नसकेका परियोजनाका हकमा सबै निर्माण व्यवसायीलाई एकै प्रकारको न्याय दिन नसकिने बताएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग बुधबार कार्यकक्ष सिंहदरबारमा भेट्दै मन्त्री शाहीले परियोजना ओगट्न गलत मक्सद भएका र काम गर्दै जाँदा अप्ठेरोमा परेका निर्माण व्यवसायी फरक फरक रहेको हुँदा, गलत मनसायले प्रेरित भई आयोजना ओगट्ने निर्माण व्यवसायीलाई पहिचान गरी दण्डित गर्ने तर, वास्तवमै पीडित निर्माण व्यवसायीलाई भने सरकारले न्याय दिलाउने वचन दिएका हुन् ।
केही व्यवसायीहरुले लो–बिडलाई प्रश्रय दिएका कारण धेरै परियोजनाहरु अलपत्र परेको समेत उदाहरण दिदै लो—बिडलाई निरुत्साहित गर्नुपर्ने मन्त्री शाहीको धारणा छ ।
सो भेटघाटमा महासंघका वरिष्ठ उपाध्यक्ष विष्णुभाई श्रेष्ठ, उपमहासचिव विष्णु बुढाथोकी, सहकोषाध्यक्ष नरहरि थपलिया, वरिष्ठ निर्माण व्यवसायी पूर्णबहादुर तामाङ, व्यवसायी रामजी पन्त (मुकेश), महासंघका कार्यालय प्रमुख कृष्णबहादुर पोख्रेल लगायत सहभागी थिए ।
...........
५ असोज, ०७३
प्रकाशित: २०७३ आश्विन ४
मन्त्री शाहीले परियोजना ओगट्न गलत मक्सद भएका र काम गर्दै जाँदा अप्ठेरोमा परेका निर्माण व्यवसायी फरक फरक रहेको हुँदा, गलत मनसायले प्रेरित भई आयोजना ओगट्ने निर्माण व्यवसायीलाई पहिचान गरी दण्डित गर्ने तर, वास्तवमै पीडित निर्माण व्यवसायीलाई भने सरकारले न्याय दिलाउने वचन दिएका हुन्सो डेलिगेसनमा महासंघ अध्यक्ष शरदकुमार गौचन नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण आयोजनाहरुको म्याद थप, राष्ट्रिय महत्त्वका आयोजनाहरुको निर्माण, व्यवसायी मैत्री ऐनको आवश्कयता, व्यवसायीहरुको सुरक्षा लगायतका विषयमा मन्त्री शाहीको ध्यानाकर्षण गराएको थियो । सो अवसरमा मन्त्री शाहीले विकास निर्माणसँग सम्बन्धित् सबै पक्ष जिम्मोवार भएर अघि बढेमा मुलुकलाई छिट्टै समृद्ध बनाउन सकिने बताएउँदै देश निर्माणको जिम्मेवारी स्वदेशी निर्माण व्यवसायीकै काँधमा आएको धारणा राखेका थिए । उक्त भेटमा महासंघले मन्त्री शाहीलाई मायाको चिनो प्रदान गर्दै कार्यकालको सफलताको कामना गरेको थियो भने व्यवसायीका समस्या प्रति सरकार गम्भीर हुन आग्रह समेत गरेको थियो ।
प्रकाशित: २०७३ आश्विन ४
September 20th 2016
प्रतिक्रिया दिनुहोस्