नेपाली समय: १२:०५:५५ am
वि.सं २०८१ चैत्र ३   सोमवार

चोलेन्द्र बने प्रधानन्यायाधीश, सपथ सहित पदबहाली, अब के गर्लान् ‘श्रीमान्’ जोशीले ?

निर्माण सञ्चार, काठमाडौं । न्यायपालिका पनि ‘अनियमितता र भ्रष्टाचार’मा चुर्लुम्म छ भन्ने कुरा अब नेपाली समाजले घाम जतिकै छर्लङ्ग बुझिसकेको छ ।

नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सुनुवाइका क्रममा प्रतिबद्धता दिएको वाक्य ‘न्यायपालिकामा हुने अनियमितता र भ्रष्टाचार रोक्ने छु’ यसलाई पुष्टि पछिल्लो ‘फ्रेस’ ‘लजिक’ बन्न पुगेको छ ।

यस अघिका ‘केही’ प्रन्याहरुका ‘स्केन्डल’मय गतिविधिले त यस अघि नै छर्लङ् पारिसकेको तीतो यर्थाथ हो यो ।

प्रन्याका रुपमा चोलेन्द्रको पदबहाली

बुधबार नै प्रधानन्यायाधीशका रुपमा चोलेन्द्रशमशेर जबराले पदबहाली गरेका छन् । यस अघि उनले शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको शपथ लिएका थिए ।

सपथ लगत्तै सर्वोच्च अदालत पुगेका जबराले प्रन्याका रुपमा पदभार ग्रहण गरेका हुन् ।

सर्वाेच्चमा प्रन्याका रुपमा छिरेका जबरालाई सर्वोच्चका न्यायाधीश, तथा कर्मचारीहरुले स्वागत गरेका थिए । उनको मंगलबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत नाम अनुमोदित भएको थियो ।

सो सुनुवाइ क्रममा प्रन्या जबराले ‘न्यायपालिकामा हुने अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्ने’ प्रतिबद्धता जनाएका थिए ।

उनीमाथि सोधिएका विभिन्न प्रश्नमा उनले ‘आफू बदनाम प्रन्या हुन नचाहेको’ प्रस्ट्याएका थिए ।

को हुन् जबरा ?

०३६ मंसिर ६ देखि विधिवत कानुन व्यवसायमा प्रवेश गरेका जबरा नेपाली उपल्लो वर्ग राणा परिवारमा ०१४ मंसिर २८ गते जन्मेका हुन् ।

उनले ०३९ सालदेखि ०४९ सम्म (१० वर्ष) तत्कालीन काठमाडौं नगरपञ्चायतको कानुनी सल्लाहकार बनेर सेवा गरेका थिए ।

५२ चैतमा पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशमा नियुक्त हुनु अघि उनी कानुन व्यवसायमा सक्रिय रुपमा लागेका थिए ।

कुनै पनि वकिलले कतिवटा फैसला गर्यो, कस्तो प्रकृतिको न्याय दिलायो भन्ने कुरा लोकतन्त्र आएपछि सुनुवाइ क्रममा सार्वजनिक हुने चलन यतिबेला सुरु भएको छ ।

प्रन्या बनेका जबराले पनि पुनरावेदनमा रहँदा ४ हजार ५ सय मुद्दा फैसला गरेका थिए भने ०७१ जेठ १३ गते सर्वोच्चमा न्यायाधीश बन्न सफल भएपछि आजसम्म ६ हजार ४ सय ३८ मुद्दा फर्स्योट गरेका छन् ।

उनको भावी दिन कस्तो हुन्छ, समयले पुष्टि गर्ला, तर, मुलुकले न्यायालयको इतिहासमा लामो समय पछि पूर्णकालीन अर्थात् ४ वर्षका लागि प्रधानन्यायाधीश पाएको छ ।

उनले पदभार सम्हालेलगत्तै एउटा कठोर निर्णय लिएका छन् ।

प्रधानन्यायाधीशको पदभार ग्रहण गरेलगत्तै पत्रकारहरुले सोधेको प्रश्नका जवाफ दिदै उनले वरिष्ठतम न्यायाधीशका रुपमा सर्वाेच्चमै कार्यरत दीपकराज जोशीलाई भने ‘अबदेखि पेशी नतोक्ने’ बताए ।

उनको यो कठोर निर्णय हो । उनी आफैंले यसको पुष्टि गर्दै भने, ‘संसदीय समितिको सम्मानका लागि समेत आफूले ‘कठोर र गम्भीर निर्णय लिएको’ प्रतिक्रिया दिएका छन् ।

जोशीलाई यसले नैतिक संकट जन्माएको छ । जोशीबारे थप उनले भने, ‘जोशी श्रीमान्ले बाहिरिदा रामे हुुन्छ ।’ विवादित छविका जोशीले भने आफू अदालतको काम नछाड्ने प्रारम्भिक प्रतिक्रिया दिएका छन् । 

 

...

बुधबार १८ पुस, ०७५

 



प्रकाशित: २०७५ पौष १७
January 1st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार