नेपाली समय: ०२:५०:२१ अपरान्ह
वि.सं २०८२ बैशाख १४   आइतबार

इन्काउन्टर स्पेशलिस्ट ‘डिएसपी’ कुमोध ढुंगेल निलम्बित किन ?

निर्माण सञ्चार, काठमाडौं । नेपाल प्रहरीमा ‘इन्काउन्टर स्पेशलिस्ट’ मानिने प्रहरी नायब उपरीक्षक कुमोध ढुंगेल निलम्बनमा परेका छन्।

हाल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा कार्यरत डिएसपी ढुंगेललाई निलम्बन गरिएको हो। प्रहरी प्रधान कार्यालयले बिहीबार डिएसपी ढुंगेललाई निलम्बन गरेको पुष्टि गरेको छ।

चैत २६ गते रानीबारीमा भएको डकैती प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठ सहित तीन जनालाई अपराध महाशाखाको टोलीले वैशाख ६ गते पक्राउ गरेका व्यक्तिहरूसँग ढुंगेलको नियमित सम्पर्क रहेको भन्दै ढुंगेल माथी अनुसन्धान सुरु गरेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंह बताएका थिय ।

‘अपराध महाशाखामा अनुसन्धानका क्रममा रहेको एउटा मुद्दामा सम्पर्क देखिएकाले निलम्बन गरिएको बुझिएको छ,’ प्रहरी प्रवक्ता उत्तम सुवेदीले भने।

उक्त रानीबारीमा भएको डकैती प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठ र डिएसपी ढुंगेलबीचको कल विवरण सार्वजनिक भएको थियो। डकैत तथा लुटपाट घटनाका अभियुक्तले ढुंगेललाई जग्गाको विषयमा कुरा गर्न भेटेको बयान दिएका थिए ।

लुटपाट घटना संग्लङ श्रेष्ठको अनुसन्धानमा ढुंगेलले प्रयोग गरिरहेको नम्बर ९८०८२३७०८२ र ९८५११८०००० बाट श्रेष्ठको ९८५११५५१८४ नम्बरमा दिन बिराएर पटक९पटक टेलिफोन संवाद भएको देखिएको छ,’ सिंहले भने।

डिएसपी ढुंगेल नेपाल प्रहरीमा ‘इन्काउन्टर स्पेसलिस्ट’को रुपमा परिचित छन्।

डिएसपी ढुंगेलको नेतृत्वमा निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्यामा संलग्न मनोज पुन र सोम आलेको गत वर्ष रुपन्देहीमा इन्काउन्टर भएको थियो ।

उनी नेपाल प्रहरीमा व्यावसायिक छविका ‘बिरलै’ चिनिने अधिकृत हुन्। उनी अपराधी पक्राउकै सिलसिलामा घाइते भएका अधिकृत हुन् ।

दाहिने खुट्टा चोट लागेपछि उनी लामो समय उपचारमा बसे। उपचारपछि उनको रामेछापमा सरुवा भएको थियो। रामेछापमा बस्दा उनले ‘वाहवाही’ कमाए ।

रामेछापमै हुँदा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गौचनका हत्यारा खोज्न खटाएको थियो। गौचन हत्याका अभियुक्त खोज्दै रुपन्देही पुग्दा डिएसपी ढुंगेलको टोली र अपराधीबीच मुठभेड भएको थियो ।

सो मुठभेडमा मनोज पुन र सोम आलेको इन्काउन्टर भएको थियो। अपराध अनुसन्धान तथा कारबाहीमा ‘अब्बल’ चिनिने डिएसपी ढुंगेलमाथिको कारबाहीलाई प्रहरी अधिकारीहरुले आश्चर्य मानेका छन्।

‘यस्तो होनहार प्रहरीलाई कारबाही गर्नु अन्यायपूर्ण कदम हो,’ प्रधान कार्यालयका एक उच्च अधिकारीले भने, यस्तो अधिकृतलाई हतोत्साहित बनाउनु भनेको नेपाल प्रहरीमा व्यावसायिक काम गर्नेहरुमाथि आक्रमण हो।’

 

 

 

...

शुक्रबार, २० बैशाख, ०७६

 



प्रकाशित: २०७६ बैशाख १९
May 2nd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार