
दैलेखमा गयो ५.१ म्याग्निच्युडको भूकम्प, केही घरमा क्षति !
निर्माण सञ्चार, काठमाडौं । गएराति १२ः३६ बजे दैलेख केन्द्रविन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पको केन्द्रबिन्दु दैलेखको नौमूले गाउँपालिकास्थित बालुवाटार रहेको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको हो ।
नेपालको पश्चिमी भूभाग पनि भूकम्पीय जोखिम रहेको भन्ने अनुन्धानकर्ताहरुले बताउँदै आइरहेकै बेला दैलेखमा भूकम्प गएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार भूकम्पले केही घरहरुमा क्षति पुराएको प्रारम्भिक खबर छ । क्षतिबारे अन्तिम अवस्था प्राप्त भइसकेको छैन ।
भूकम्पको धक्का दैलेख आसपासका जिल्लाहरुमा पनि महसुस भएको स्थानीयको भनाइ छ ।
गत वैशाख वैशाख १२, २०७२ को विनाशकारी भूकम्पबाट विशेषगरी १४ जिल्ला अतिप्रभावित भएका थिए भने झन्डै ४० जिल्लामा यसको प्रभाव रहेको थियो ।
निरन्तर परकम्पनहरु आइरहे पनि भूकम्पीय जोखिमयुक्त नेपालको पश्चिमी क्षेत्रमा पनि सावधानी अपनाउनु पर्ने जानकारहरुले बताउँदै आएका छन् ।
भूकम्प प्रति पूर्वसावधानी अपनाउन विज्ञहरुले सुझाएका छन् ।
...
आइतबार, २९, वैशाख २०७६
प्रकाशित: २०७६ बैशाख २८
May 11th 2019
प्रतिक्रिया दिनुहोस्