नेपाली समय: ०४:०२:३३ अपरान्ह
वि.सं २०८२ बैशाख १४   आइतबार

गौरवका आयोजनाहरुमा कसरी लगानी जुटाउँदै छ सरकार ?

निर्माण सञ्चार, काठमाडौं । आगामी वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले ठूला आयोजनाहरुमा नागरिकको लगानी आह्वान गर्ने बताएकी छन् ।

आर्थिक वर्ष २०७६–७७ का लागि सरकारका तर्फबाट नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले ठूला आयोजनाहरुमा नागरिकको लगानी आह्वान गर्ने घोषणा गरेकी हुन् ।

नीति तथा कार्यक्रम घोषणामा राष्ट्रपतिले भनिन्, ‘सरकारको प्राथमिकतामा रहेका ठूला आयोजनाहरुमा नागरिकको लगानी आह्वान गरिनेछ ।’

यसको मतलब सरकारले निर्माणाधीन अवस्थामा रहेका ठूला जलविद्युत् आयोजनाहरुका लागि नागरिकको लगानी आह्वान गर्ने भन्ने रहेको विश्लेषकहरुको भनाइ छ ।

जलाशययुक्त बूढीगण्डकी जस्तो गौरवको आयोजना सरकार निकम्मापन र विदेशीको खेलको क्षेत्र बनिरहेको अवस्था छ । यस अघि पनि सरकारले पेट्रोलियमबाट समेत कर लिएर जम्मा गरेको पैसा आजसम्म प्रयोजन विहीन रहेको अवस्था छ ।

 

 

 

...

शुक्रबार, २० वैशाख, ०७६

 



प्रकाशित: २०७६ बैशाख १९
May 2nd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार