
सरकारले लगायो विप्लव समूहमाथि प्रतिबन्ध, किन ?
निर्माण सञ्चार, काठमाडौं । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् वैठकले विप्लव समूहलाई आपराधिक संगठन भएको ठहर गर्दै उसमाथि प्रतिबन्धको निर्णय गरेको छ ।
प्रतिबन्ध लगाउँदै मन्त्रिपरिषद् वैठकको निर्णयले भनेको छ, ‘विप्लव समूह भनी चिनिने नेकपा नामको समूहका सम्पूर्ण गतिविधिहरु आपराधिक’ भएको उल्लेख गर्दै उसका सम्पूर्ण ‘गतिविधि माथि नियन्त्रण गरिने छ ।’
सरकारले विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको निष्कर्ष निकालेको छ ।
मन्त्रिपरिषद् बैठकले विप्लव समूहका नामबाट अब कुनै पनि गतिविधि गर्ने नदिने गरी प्रतिबन्ध लगाएको सरकारी यस अघि राज्यले वार्तामा बोलाउँदा पनि नआएको सरकारको ठहर छ ।
वार्तामा बोलाउँदा पनि नआएपछि प्रतिबन्ध लगाउनु परेको मन्त्रिपरिषद् वैठकमै कुरा उठेको थियो । विप्लव समूहमाथि प्रतिबन्ध लगाउने बारे गृहमन्त्री रामबहादुर थापाले प्रस्ताव लगेका थिए ।
विप्लव समूहमाथि प्रतिबन्ध नै लगाउनु पर्नेबारे गृहमन्त्री थापाले सांसद सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता समिति गठन गर्दा पनि उक्त समूह नआएको, विप्लव समूहका पछिल्ला गतिविधिहरु आपराधिक भएको, एनसेल लगायतका विभिन्न स्थानमा बम विस्फोट तथा चन्दा आतंक नरोकिएको जस्ता विप्लव समूहका गतिविधिबारे व्रिफिङ गरेका थिए ।
उक्त समूहलाई प्रतिबन्ध घोषणा पछि यतिबेला मुलुकको राजनीति अत्यन्त तातेको छ । उसमाथिको प्रतिबन्धबारे पक्ष विपक्षमा विभिन्न धारणाहरु आइरहेका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रतिबन्ध लगाउँदैमा समस्याको समाधान नहुने प्रतिक्रिया दिएको छ भने पूर्व प्रधानमन्त्री बाबुराम भट्राईले सरकारले गलत कदम चालेको बताएका छन् ।
विद्रोहको घाउ सम्झाउने प्रतिबन्ध, जनतामा आशंका
सरकारले आफूहरुमाथि प्रतिबन्ध लगाएको घोषणा गरेप्रति आक्रोसित विप्लव समूहले प्रतिकार गर्ने प्रतिक्रिया दिएको छ ।
त्यस्तै, सरकारको कदमपछि सामाजिक सञ्जालहरुमा पनि धेरैखाले प्रतिक्रिया आएका छन् ।
तीमध्ये केहीले विप्लव विद्रोह नेपालको परिवर्तनलाई रोक्न चाहने गतिविधिको पछिल्लो गतिविधि भएको पनि प्रतिक्रिया दिएका छन् ।
यस अघि पनि नेपालमा विद्रोही समूह जन्मेको र सरकारले प्रतिबन्ध लगाएका इतिहासहरु छन् ।
सामाजिक सञ्जालमा उठेका बहसहरु मध्ये तत्कालीन बहुदलीय कालखण्डमा तत्कालीन विद्रोही माओवादी गतिविधि नेपालको परिवर्तनलाई गोलचक्करमा फसाउने परिचक्रका रुपमा सिर्जना गरिएको र पछिल्ला दिनमा पनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नयाँ उपलब्धि वा व्यवस्थालाई फेरि पनि अर्काे गोलचक्करमा फसाउने गरी विप्लव समूहलाई विद्रोहमै राखिरहने कुनै अदृश्य खेल पनि रहेको प्रतिक्रियाहरु आएका छन् ।
तर, अधिकांशले मुलुकले विगतको दुखद परिघटनाहरुबाट पाठ सिकेर प्रतिबन्ध होइन शान्तिपूर्ण रुपबाट समाधान निकाल्न सुझाएका छन् ।
विगतका विद्रोहका पाठहरु सम्झाउने गरी आएको नयाँ परिचक्रले जनताहरुमा निराशा नै बढेको पनि अर्काेथरी धारणा सामाजिक सञ्जालभर छन् ।
...
मंगलबार, २८ फागुन, ०७५
प्रकाशित: २०७५ फाल्गुण २७
March 11th 2019
प्रतिक्रिया दिनुहोस्