नेपाली समय: १२:१३:४२ am
वि.सं २०८१ चैत्र ३   सोमवार

भरतपुर वडा कार्यालयमा बम विस्फोटः विप्लव समूहको हुन सक्ने आशंका !

निर्माण सञ्चार, चितवन । सरकाराले आफूहरुमाथि प्रतिबन्ध घोषणा गरिए लगत्तै प्रतिकार गर्ने प्रतिक्रिया दिएको विप्लव समूहले अब के गर्छ भन्ने दुनियाँलाई भइरहेकै बेला भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिन्डर बम विस्फोट भएको छ ।

गए राति झन्डै साँढे १२ बजे उक्त बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको छ भने विस्फोटपछि भएको आगजनीले कार्यालयका कागजपत्र जलेर नष्ट भएका छन् ।

प्रहरीका अनुसार सरकारले प्रतिबन्ध घोषणा गरेलगत्तै जिल्लामा व्यापक रूपले प्रहरी परिचालन गरिएको थियो । तर, उक्त बम उही समयमा विस्फोट भएको थियो ।

विस्फोट गराएको आशङ्कामा प्रहरीले राति नै ६ लाई नियन्त्रणमा लिएको बताएको छ ।

उनीहरुमाथि अनुसन्धान गरिरहेको जिप्रकाले जनाएको छ । घटना भएको ठाउँमा महानगरबाट दमकल, सुरक्षाकर्मीको टोली सहितले आगो नियन्त्रणमा लिएका थिए ।

प्रहरी उपरिक्षक राठौरका अनुसार उक्त बम विप्लव निकट नेकपा माओवादीले गराएको हुन सक्ने अनुमान गरिएको छ ।

___

पढौं यो पनि 

 
 

 

 

...

बुधबार, २९ फागुन, ०७५

 



प्रकाशित: २०७५ फाल्गुण २८
March 12th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार