
गुडिरहेको बसमा एक्कासी आगो लागेपछि ... !
निर्माण सञ्चार, काठमाडौं । सुर्खेतबाट जुम्ला जाँदै गरेको बसमा शनिबार दिउँसो आगलागी हुदाँ गुडिरहेको बससहित एक मोटरसाइकल पनि जलेर नष्ट भएको छ ।
बस गुडिरहेको बेला सडकमा असरल्ल छरिएको बिजुलीको तारमा सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले पुष्टि गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत अनुसार सुर्खेतबाट जुम्ला जाँदै गरेको बा४ख ८७८ नम्बरको बस कर्णाली राजमार्गको बड्डी चौर सिस्ने खोला रहेको सडक खण्डमा पुग्दा आगलागी भएको थियो ।
आगलागी क्रममा बसको छतमा राखिएको जुम्लाका स्थानीयबासी प्रवेश कठायतको बा ९८ प ४२३२ नम्बरको मोटरसाइकल जलेर ध्वस्त भएको हो ।
उनले बसमाथि राखेर उक्त मोटरसाइकल जुम्ला लाँदै थिए । कठायतको मोटरसाइकल बसबाट निकाल्न नसक्दा जलेर क्षतिग्रस्त बनेको प्रहरी स्रोत बताउँछ ।
आगलागीबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
...
आइतबार, ३ चैत, ०७५
प्रकाशित: २०७५ चैत्र २
March 16th 2019
प्रतिक्रिया दिनुहोस्