
पक्की पुल भत्किदा निर्माण ब्यवसायी सहित ५ जना घाइते
निर्माण सञ्चार, काठमाडौं । गुल्मीको बडीगाड खोलामा गुल्मीको मुसिकोट नगरपालिकाका ३ र ७ वडा जोड्ने ढलान भइरहेको पक्की पुल भत्किदा निर्माण ब्यवसायी लगायत पाँच जना घाइते भएका छन्।
पक्की पुल भत्किएपछि निर्माण ब्यवसायी ऋषिराम इटानी लगायत अन्य पाँच जना गम्भीर घाइते अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताए।
घाइते हुनेहरूमा मुसिकोट नगरपालिका ३ का २३ वर्षीय रामबहादुर कुमाल,३३ वर्षीय गणेश कुमाल, वडा नम्बर ४ का ५१ वर्षीय रूद्रबहादुर कार्की र बाग्लुङको बडीगाढ गाउँपालिका ७ का जेसिवी चालक तुलबहादुर राना रहेका छन्।
वाइटी जय बुद्ध कन्ट्रक्सन प्रा.लि निर्माण गर्दै गरेको ५५ मिटर लामो पुल बडीगाड खोलामा आएको बाढीले भत्काएको मुसिकोट नगरपालिकाका प्रवक्ता प्रकाश काफ्लेले जानकारी दिएका छन्।
तर पुल र खोलाको अवस्था हेर्दा पुल बाढीले नभई कमजोर संरचनाका कारण भत्किएको हुनसक्ने स्थानीयले अनुमान छ।
‘पछिल्लो केही दिन यता पानी नपरेको र खोलामा पानीको सतह पनि ठूलो छैन, ’नगरपालिकाका उपप्रमुख कमला गौतमले भनिन् ‘पुल बाढीले नभई संरचना कमजोर भएर भत्किएको हो । त्यसपछि खोलाको पानीले बगायो।’
पुलको ढलान गरिएको हप्तै नहुदै पक्की पुल भत्किएको छ ।
०७३ सालमा सम्झौता भएर गत वर्षदेखि पुल बनाउने काम भइरहेको थियो। पुल बनाउन तीन करोडभन्दा बढी रकम खर्च भएको छ।
...
सोमवार, ०२ बैशाख, ०७६
प्रकाशित: २०७६ बैशाख १
April 14th 2019
प्रतिक्रिया दिनुहोस्