नेपाली समय: ०१:४४:४० बिहान
वि.सं २०८१ मंसिर २३   आइतबार

वैशाख १२ कै सँघारमा ५.१ म्याग्निच्युडको भूकम्पको धक्काः बारम्बार सम्झाउँदै छ किन ?

निर्माण सञ्चार, काठमाडौं । गोरखा भूकम्प गएको चौथो वर्ष लाग्ने अघिल्लै दिन फेरि भूकम्पको धक्का महसुस भएको छ ।

बारम्बार भूकम्प सम्झाउँदै आएको यो धक्का पनि वैशाख १२, २०७२ कै परकम्पनका रुपमा भूगर्भविद्हरुले अथ्र्याएका छन् ।

बुधबार बिहान काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पका दुई धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहान ६ बजेर २९ मिनेट जाँदा धादिङको नौबिसे केन्द्रविन्दु भएर ५.२ म्याग्निच्यूडको भूकम्प गएको हो ।

जानकारी अनुसार त्यसलगतै सोही केन्द्रबिन्दु भएरै ६ बजेर ४० मिनेटमा भने ४.३ म्यानिच्यूडको भूकम्पको धक्का महसुस भयो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो पनि २०७२ वैशाख १२ को गोरखा बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्पन हो ।

त्यतिबेला ७.८ म्याग्निच्यूड भूकम्प गएको थियो, जसले नेपालमा ठूलो जनधनको क्षति गरेको थियो । उक्त भूकम्प भोलि वैशाख १२ गते चार वर्ष पुग्दै छ ।

वैशाख १२ कै सँघारमा भूकम्प किन आउँदै छ त ? भन्ने जिज्ञासामा खानी विभागका महानिर्देशक तथा भूकम्पविद् डा. सोमनाथ सापकोटा यसलाई संयोग मात्रै बताउँछन् ।

ठूलो भूकम्प गएको वर्षगाँठकै सँघारमा यसरी पटक पटक भूकम्पको धक्का महसुस हुँदा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने फेरि भूकम्प आउने हो कि भनी हल्लीखल्ली मच्चाएका छन् ।

 

 

...

बुधबार, ११ वैशाख, ०७६

 



प्रकाशित: २०७६ बैशाख १०
April 23rd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार