नेपाली समय: ०४:१५:१९ अपरान्ह
वि.सं २०८३ बैशाख २७   आइतबार

बिटुमिन अभाव कृत्रिम हो कि साँच्चिकै ? बिटुमिन अभावले राजधानीदेखि मध्यपहाडी लोकमार्गसम्म कालेपत्रे प्रभावित

निर्माण सञ्चार, १४ असार, काठमाडौं । पछिल्ला केही दिनदेखि बिटुमिन अभावले नेपालका सडक पूर्वाधार विकासमा प्रत्यक्ष असर परेको छ । 

यसै त असारे विकास । त्यसमा पनि बिटुमिन नहुँदा सडक कालोपत्रे काम रोकिएको देशैभरका निर्माण व्यवसायीको गुनासो बढिरहेको छ । बिटुमिन अभावले यतिबेला राजधानीदेखि मध्यपहाडी लोकमार्गसम्मका सडक विस्तार रोकिएका छन् । 

बिटुमिन अभावले ‘टारगेट असार मसान्त’ शैलीमा विकास हुने र सोही बेला भूक्तानीका लागि काम गर्ने बानी परेको नेपाली अर्थतन्त्र (मन्त्रालयदेखि निर्माण व्यवसायीसम्म) को असारे विकास प्रभाव परेको हो ।

निर्माण व्यवसायी महासंघ अनुसार यो हप्ता पनि पर्याप्त बिटुमिन आएन भने सडक विस्तारका कामहरु ७० प्रतिशत बढी रोकिने छन् भन् त्यसले झन्डै ५ अर्बदेखि १० अर्बसम्म भूक्तानीमा नाकारात्मक असर पार्छ ।

यतिबेला कलंकी–नागढुंगा सडक–खण्ड अन्तर्गतको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । लामो समयसम्म काम रोकेर राखेको शारदा प्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले समेत बिटुमिन अभावलाई देखाएर यो सडक खण्डको विस्तार कार्य फेरि रोक्ने देखिएको छ ।

बिटुमिन अभावले निहुँ नपाएका निर्माण व्यवसायीहरुलाई राहत हुने देखिन्छ । हुलाकी राजमार्ग अन्तर्गतका विभिन्न खण्डहरुको पिचको काम पनि बिटुमिन अभावले रोकिएको छ ।
त्यस्तै, मध्यपहाडी लोकमार्गमा कार्यरत निर्माण व्यवसायीका अनुसार बिटुमिन अभावले विशेष गरी तराई क्षेत्रसँग जोडिएका सडकहरुको काम रोकिएको छ ।

निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले बताए अनुसार नेपालमा लामो समयसम्म स्टक नहुने भएकाले यस्तो समस्या आएको हो ।

उनका अनुसार भारतीय नाउँमा कमसल रेटको इरानी बिटुमिन भित्रिएकाले भन्सारमा कडाइ गरेपछि नेपाल भित्रिने बिटुमिन आपूर्ति रोकिएको हो । 
त्यसले गर्दा बिटुमिन अभाव देखिएको हो । तर, कमसल बिटुमिनलाई जाँचचेक गरेर सरकार राम्रो काम गरेको हो । तर, गुणस्तरीय बिटुमिन चाहिँ सकेसम्म चाँडो आपूर्ति गरिदिए निर्माण कार्यहरु पनि रोकिने थिएनन् । असार मसान्तमा हुने भुक्तानीहरुमा समेत समस्या आउने थिएन ।’

भन्सार स्रोतका अनुसार पछिल्ला केही महिना यता भारतीय व्यापारीहरु मार्फत् नै इरानी कमसल बिटुमिन नेपाल पठाउन थालेको पाएपछि भन्सारमा कडाइ गरिएको हो ।

किन बाक्लियो नेपालमा कमसल बिटुमिन

यसबारे प्रश्न गर्दा भन्सारका अधिकारीहरुले कमसल बिटुमिन भित्रिन कडाइ गरेको बताए । झन्डै महिना–डेढ महिनादेखि भारतीय नाउँमा भित्रिरहेका इरानी बिटुमिनहरु भन्सारमा चेकजाँचमा परेपछि हजारौं टन बिटुमिन भन्सारमै रोकिरहेको अवस्था पनि छ ।

भारतीय पेट्रोलियम कर्पाेरेसन अन्तर्गत गुजरात तथा उत्तरप्रदेशमा रहेका केही रिफाइनरीहरुमा समस्या आएका कारण ती रिफाइनरीहरु केही समयका लागि बन्द रहेकाले नियमित रुपमा आइरहेको बिटुमिन आपूर्तिमा असहजता उत्पन्न भएको स्रोतले बतायो ।

यही मौकामा पछिल्ला दिनमा भारतीय केही व्यापारीहरुले नै नेपालका लागि कमसल स्तरको इरानी बिटुमिन सप्लाइ गरिरहेको पाइएको हो ।
उनीहरुबाटै कमसल बिटुमिन भित्रिएको पाएपछि भन्सार बिन्दुमा कडाइ गरिएको छ । 

‘भारतीय केही व्यापारीहरुले इरानी कमसल बिटुमिनलाई भारत ल्याएर बिर्काे, ब्रान्ड नेम परिवर्तन गरेर नेपाल पठाउने गरेको पहिले पनि सुनिएको थियो,’ एक निर्माण व्यवसायीले भने, ‘तर, यसपाला त यतिसम्म छुट्टु काम भएछ, उनीहरुले त्यही भाँडो र बिर्काे समेत नफेरी नेपाल भित्राएछन् ।’

नेपालस्थित बिटुमिन एन्ड ब्यारेल उद्योग लिमिटेड स्रोतका अनुसार बिटुमिन सप्लाइमा सक्रिए केही नेपाली, भारतीय व्यपारीहरुले साफ्टा अन्तर्गतको विशेषाधिकार दुरुपयोग गरी इरानी कमसल बिटुमिन नेपाल भित्र्याउने गर्छन् ।

सस्तो काम गर्न पल्केकाहरुले यसबाट बढी लाभ लिन भारतीय नाउँमा तेस्रो मुलुकको कमसल बिटुमिन भित्र्याउने गरेको पाइएको भन्सारका एक अधिकारीले स्वीकार गरे ।
साफ्टा अन्तर्गतका सदस्य राष्ट्रहरुका हकमा बिटुमिनका लागि भन्सार दर कम छ । किनकि भारतमा उत्पादित बिटुमिन नेपाल भित्रिदा ७.२५ प्रतिशत मात्रै भन्सार लागेर आउँछ भने जबकि, त्यही बिटुमिन तेस्रो मुलकबाट भित्रिदा १५ प्रतिशत भन्सार पर्ने गर्छ

यसले नेपालको सडकको गुणस्तर पनि कमजोर भइरहेको छ भने कालो धन आर्जजनका लागि जसो पनि गर्नेहरु भन्सारबिन्दुमा उक्त नक्कली काम फेला परेपछि छटपटिएका छन् ।

एक स्रोत अनुसार, ‘कमसल बिटुमिन भन्सारमा रोकिएपछि कमगुणस्तर काम गर्न पल्किएका निर्माण व्यवसायीहरु समेत काम रोकेर सरकारलाई दबाब दिने प्रयत्न समेत गरिरहेका छन् ।’

केही दिन अघि बुटवल र पूर्वका केही निर्माण व्यवसायीहरुले बिटुमिन आपूर्ति नरोक्न समेत सरकारलाई आग्रह गरेका थिए । स्रोत अनुसार नेपालका सडकमा कमगुणस्तरीय काम गर्ने निर्माण व्यवसायीहरु पनि उक्त बिटुमिन धन्दासँग जोडिएका छन् ।

‘गुणस्तरीय बिटुमिन नेपालमै पनि पाइन्छ, बिटुमिन एन्ड ब्यारेल कम्पनीका अधिकारीहरु भन्छन्, ‘तर, केही समय अघिदेखि नै बुक गर्नु पर्छ । हामीले दिने बिटुमिनको गुणस्तर राम्रो र केही महँगो हुन्छ । ताकि सडक पनि वर्षौंै टिक्न सक्छ । तर, गुणस्तरहीन काम गर्ने पल्केकाहरुले भारतीय नाउँमा इरानी बिटुमिन नै पर्खने हुनाले बिटुमिन अभाव भयो भनी हल्ला गरिरहेका हुन् ।’ 

ती अधिकारीका अनुसार नेपाली बजारमा गुणस्तरीय बिटुमिनको भने अभाव छैन । 

‘साफ्टा विशेषाधिकार प्रयोग गरी लुट मच्चाउन रोकिनु पर्छ’

नेपालमा सधैजसो भारतीय कम्पनीहरुकै बिटुमिन आउने हो । नेपाली आपूर्तिकर्ताले भारतीय उत्पादनको प्रमाणपत्रकै  आधारमा भारतबाट धेरै बिटुमिन भित्र्याउने गर्छन् ।  
 
केही निर्माण व्यवसायीहरु नै यो काममा लागेको पाइन्छ । उनीहरुले भित्रभित्रै बिटुमिन पनि सिधै भारतीय आपूर्तिकर्ताहरुसँग मिलेर नेपाल भित्र्याउने गर्छन् । नेपालमै रहेको बिटुमिन एन्ड ब्यारेल उद्योग (हाल पञ्चकन्याग्रुप अन्तर्गत) को बिटुमिन उनीहरु लिन चाहँदैनन् ।

यसका पछाडिको कारण आफै व्यापारी बन्न चाहनु नै हो । यस्तैहरुले कहिले कहि आफ्नो नेटवर्क भित्रका निर्माण व्यवसायीहरुसँग कारोबार गर्ने गर्छन् ।

सस्तो काम गर्न पल्केकाहरुले यसबाट बढी लाभ लिन भारतीय नाउँमा तेस्रो मुलुकको कमसल बिटुमिन भित्र्याउने गरेको पाइएको भन्सारका एक अधिकारीले स्वीकार गरे ।

साफ्टा अन्तर्गतका सदस्य राष्ट्रहरुका हकमा बिटुमिनका लागि भन्सार दर कम छ । किनकि भारतमा उत्पादित बिटुमिन नेपाल भित्रिदा ७.२५ प्रतिशत मात्रै भन्सार लागेर आउँछ भने जबकि, त्यही बिटुमिन तेस्रो मुलकबाट भित्रिदा १५ प्रतिशत भन्सार पर्ने गर्छ ।

यही विशेषाधिकार दुरुपयोग गर्दै केही भारतीय र नेपाली आपूर्तिकर्ताहरुले यतिबेला भारतीय ट्यागमा तेस्रो मुलुकको बिटुमिन नेपाल भित्र्याइरहेको पाइएको खुलेको हो ।

भन्सार दर कम भएको मुलुकको नाउँमा उत्पादित माल बनाएर सेटिङमा भारतमा उत्पादन भएको भन्ने प्रमाणपत्र जारी गर्दै नेपालमा बिटुमिन भित्र्याउँदै गरेको पाइए पछि भन्सारमा कडाइ गरिएको छ ।

यही सिलसिलामा वीरगञ्ज भन्सार कार्यालयले जेठ महिनमा ३ ट्रक बिटुमिन नियन्त्रण गरेको थियो । पछि फेरि थप केही क्विन्टल बिटुमिन रोकेर राख्यो ।

जसका कारण नियमित तथा आधिकारिक रुपमा भरतीय पेट्रोलियमसँग कारोबार गरिरहेको गुणस्तरीय बिटुमिन आपूर्तिकर्ता नेपाल बिटुमिन एन्ड ब्यारेल उद्योग लिमिटेडका केही टन बिटुमिन पनि भन्सारमा रोकिएको थियो । 

आधिकारिक प्रमाण पत्रका बिटुमिन अहिले पनि भन्सारमा नरोकिएको भन्सार विभागले पुष्टि गरेको छ । भन्सार अधिकारीका अनुसार भारतीय भनिएको बिटुमिनको ड्रममा ‘इरान’ मा उत्पादित बिटुमिन फेला परेपछि नेपाल भित्रिने बिटुमिन रोकिएको हो । 

‘यसले गर्दा बिटुमिन अभाव भनेर हल्ला भइरहेको देखिन्छ, एक अधिकारीले भने, ‘काम गर्नेहरुका लागि बिटुमिनको अभाव नेपालमा यतिबेलै पनि छैन ।’

वीरगन्ज भन्सारले उत्पत्तिको प्रमाणपत्र नक्कली हो वा सही भन्ने प्रश्न उठाएपछि त्यसको पर्याप्त आधार पेश गर्न नसकेका अपूर्तिकर्ताको बिटुमिन भन्सारमा अलपत्रै छ ।

भन्सार कार्यालयका प्रवक्ता मनिष महतो अनुसार आपूर्तिकर्ताबाट पर्याप्त प्रमाण ल्याउन भनिए पनि नआएकाले भन्सार विभागमा यसबारे थप अनुसन्धान भइरहेको छ ।


०००

पढौं यो पनि
 

यस्तो छ बिटुमिन अभावको रहस्य ! मुकुलमणि दाहाल भन्छन्,  ‘तर, गुणस्तरीय बिटुमिनको अभाव छैन नेपालमा’

 

To See Front Face Coverage, Click here
 



प्रकाशित: २०७६ आषाढ १४
June 29th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार