नेपाली समय: ११:४०:१६ बिहान
वि.सं २०७८ आश्विन ७   बिहीवार

कर्णालीबासीको सडक सपना पुरा हुँदैः १२३ किलोमिटर कर्णाली करिडोर निर्माण अन्तिम चरणमा !

निर्माण सञ्चार, १० चैत, काठमाडौं

दशकौंदेखिको कर्णालीवासीको सडक सपना अब केही महिनाभित्रै पुरा हुने भएको छ । प्रधानमन्त्री विकास विज्ञ इन्जिनियर गजेन्द्र थपलियाले कर्णाली कोरिडोरको प्रगतिबारे अवलोकन भ्रमणपछि यसबारे जानकारी दिएका हुन् ।

कर्णाली करिडोर निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउँदै इन्जिनियर थपलियाले जुम्ला सदरमुकाममा पनि इतिहासमै पहिलो पटक १० मिटर चौडा सडक कालोपत्रे भएको जानकारी दिए ।

केही हप्ता कर्णाली कोरिडोरको निर्माण कार्यको अवस्था बुझ्न मैदानमै पुगेको प्रधानमन्त्रीको सचिवालयले मुलुकको पूर्वाधार विकासलाई चारैतिरबाट गतिप्रदान गरिरहेको छ भन्ने पछिल्लो प्रमाण बनेको छ कर्णाली कोरिडोर अनुगमन ।

सरकारले केही वर्ष अघि कर्णाली कोरिडोरको परिकल्पना सहित यसलाई अघि बढाएको थियो । तर, राजनीतिक अस्थिरता तथा नेतृत्वको अकर्मण्यताका कारण यो सडक निर्माण निकै अघि भइसक्नु पर्नेमा अझै सम्पन्न भएको छैन ।

तर, प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओली सरकारले राष्ट्रिय गौरव तथा दीर्घकालीन महत्त्वका रणनीतिक सडकहरुमा प्रत्यक्ष निगरानी गर्न थालेपछि कर्णाली कोरिडोर निर्माणले गति लिएको थियो । 

कर्णालीबासी जनतालाई यातायात सुविधा लक्षित यो कोरिडोर खुलालु–लैफु–सरिसल्ला खण्ड अन्तर्गत धमाधम निर्माण कार्य भइरहेको छ । जसको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

थपलियाका अनुसार अब राष्ट्रिय राजमार्गमा नजोडिएको हुम्ला सहितका आसपास जिल्लाका करिब ४० प्रतिशत जनता यो सडकबाट लाभान्वित हुनेछन् ।

विकासविज्ञ इन्जिनियर थपलियका अनुसार यो सडक हुम्लाको सर्केघाट, अदानचुली, ताजाकोट गाउँपालिका बाजुराको हिमाली, जगन्नाथ गाउँपालिका बुढिनन्दा नगरपालिका कालिकोटको पचलझरना,सान्नि त्रिवेणी, नरहरिनाथ, कालिका गाउँपालिका रासकोट नगरपालिका जस्ता स्थानीय फिडर रोडहरुलाई समेत आफूमा समाहित गर्दै अघि बढेको छ । यो सडकले चीनसँगको पुरानो व्यापारिक सम्बन्ध अझै उचाइमा पुराउने समेत मद्दत गर्ने छ ।

थपलियाले भन्छन्, ‘यो सडकबाट हुम्लाको चंखेली गाउँपालिका मुगुको सोरू, खत्याड गाउँपालिका बाजुराको स्वामी कार्तिक गाउँपालिका कालिकोटको पताला गाउँपालिका खाँडाचक्र नगरपालिकाका जनता पनि लाभान्वित हुने छन्।’

सेनाले खोल्यो ट्र्याकः पहिलो अनुगमनकर्ता हुन पाउँदा गौरवान्वित

अक्सर नेपालका दुर्गम जिल्ला जोड्ने रणनीतिक सडकहरुको केन्द्रमा रहेको सरकार र तिनका अधिकारीहरुले समेत चासो नदिने गरेको गलत परम्परालाई चिर्दै यस पटक प्रधानमन्त्रीका विकास विज्ञ थपलियाले राज्यको प्रत्यक्ष चासो र निगरानी रहेको समेत पुष्टि गरेका छन् ।

उनको भ्रमण नै यस दिशामा नमूना बनेको देखिन्छ । निर्माण क्षेत्रको स्थलगत भ्रमण पछि निर्माण सञ्चारलाई जानकारी दिँदै इन्जिनियर थपलयाले भने, ‘यो ऐतिहासिक सडकको ट्र्याक नेपाली सेनाले खोलेको हो । जसको अन्तिम चरणको निर्माण कार्य भइरहेको छ । जसमा १२२.७५ किलोमिटर खण्ड पर्दछ । त्यसमा पनि खुलालुदेखि सरिसल्लासम्म प्रधानमन्त्री कार्यालयस्तरीय स्थलगत भ्रमण गर्ने पहिलो व्यक्ति म आफू हुन पाएको छु । निकै गौरवको अनुभूति भइरहेको छ । तर पनि अझै धेरै गर्नुपर्ने छ भन्ने मलाई लागेको छ ।’

स्मरणरहोस्, यस सडकखण्डको विकास, निर्माण सहितको विस्तृत परियोजना रिपोर्ट नबनाउन समेत दबाब दिने केही व्यक्तिलाई समेत क्रस गर्दै अघिल्लो संसदीय विकास समितिका सभापति स्वर्गीय रवीन्द्र अधिकारीले पनि यो सडक खण्डको आंशिक भागको अवलोकन भ्रमण गरेका थिए । उनकै दबाबपछि केन्द्रमा रहेको तत्कालीन योजना अयोग सहित भौतिक मन्त्रालयले यो सडक निर्माणका लागि चासो लिन थालेको थियो ।

  • प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओली सरकारले राष्ट्रिय गौरव तथा दीर्घकालीन महत्त्वका रणनीतिक सडकहरुमा प्रत्यक्ष निगरानी गर्न थालेपछि कर्णाली कोरिडोर निर्माणले गति लिएको थियो

  • अध्ययन अनुसार भौतिक मन्त्रीका रुपमा बसन्त नेम्बाङ आइकनै मात्र दशककै सबैभन्दा बढी सडकहरु चिल्लिएका छन् भत्केका उखडबाखड हुने धुलो राजधानी आजका दिनमा  सुधार तथा विस्तार कार्यको तीव्रता

  • यसो पनि भन्न सकिन्छ, सडक विभाग, भौतिक मन्त्रालय र प्रधानमन्त्रीको विकास विज्ञबिचको केमेस्ट्रि यतिबेला अनौठो तरिकाले मिलेको छ र त राजधानीदेखि कर्णालीसम्मको पूर्वाधारले दशककै नयाँ मुहार पाएको छ

  • विकासविज्ञ थपलियाले पूर्वाधार निर्माणमा चासो र सक्रियता दिने कुनै बेला स्व. अधिकारी भन्दा नयाँ उचाइबाट यस अभियानमा आफूलाई होमेको पाइएको छ 

विकासविज्ञ थपलियाले गत हप्ता कर्णाली प्रदेश अन्तर्गतका ९ जिल्लाको भ्रमण गरेका हुन् । पूर्वाधार निर्माणमा स्थानीय प्रदेश सरकार नै उदासिन देखिएको अवस्थामा प्रधानमन्त्री सचिवालय स्तरीय यो भ्रमण पछि प्रदेश सरकार समेत झस्केको छ ।

पूर्वाधार विज्ञ थपलियो आफ्नो भ्रमण अनुभूति प्रधानमन्त्रीको समृद्ध नेपाल बनाउने अभियानको एउटा अध्याय बन्न सक्ने अपेक्षा राख्छन् ।

उनी भन्छन्, ‘कर्णाली क्षेत्र दुर्गम हुनुका पछाडि यो कठिन र जटिल भूभाग नै हो । यस्तो कठिन भगिरथ कार्यमा काम गर्ने नेपाली सेना र सम्पूर्ण कामदार प्रति म नतमस्तक छु ।’

रवीन्द्र सम्झाउने थपलियको सक्रियता

स्मरणरहोस्, आजका दिनमा प्रधानमन्त्री सचिवालयस्तरबाट पूर्वाधार निर्माणमा उच्च चासो दिने व्यक्तिका रुपमा थपलिया चिनिन्छन् । र, उनकै इनिसिएसनपछि उपत्यकाको सडकहरु चिल्लिएका छन् । यसो पनि भन्न सकिन्छ, सडक विभाग, भौतिक मन्त्रालय र प्रधानमन्त्रीको विकास विज्ञबिचको केमेस्ट्रि यतिबेला अनौठो तरिकाले मिलेको छ र त राजधानीदेखि कर्णालीसम्मको पूर्वाधारले दशककै नयाँ मुहार पाएको छ । 

विकासविज्ञ थपलियाले पूर्वाधार निर्माणमा चासो र सक्रियता दिने कुनै बेला स्व. अधिकारी भन्दा नयाँ उचाइबाट यस अभियानमा आफूलाई होमेको पाइएको छ ।

अध्ययन अनुसार भौतिक मन्त्रीका रुपमा बसन्त नेम्बाङ आइकनै मात्र दशककै सबैभन्दा बढी सडकहरु चिल्लिएका छन् । भत्केका उखडबाखड हुने धुलो राजधानी आजका दिनमा  सुधार तथा विस्तार कार्यको तीव्रतासँगै हेरुँहेरुँ भएको हो ।

प्रधानमन्त्री कार्यालयबाटै गौरवका आयोजनाहरु प्रत्यक्ष निगरानी गर्ने प्राविधिक युगको सूत्रपात गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले ठुला विकास आयोजनाहरूको निरन्तर अनुगमन तथा सम्बन्धित निकायलाई गरेको सहजीकरण गरेकैले दशकौं पुराना पूर्वाधार विकास आयोजनाहरुको निर्माण कार्यले यति धेरै तीव्रता पाएको हो ।

 

०००



प्रकाशित: २०७७ चैत्र १०
March 23rd 2021

नवराज खतिवडा

खतिवडा निर्माण मिडियाका लागि सम्पादक हुन्