नेपाली समय: ०२:३४:३२ बिहान
वि.सं २०८३ बैशाख ४   शुक्रवार

जोरपाटी–सुन्दरीजल सडक खण्ड निर्माण सम्पन्न हुँदै– कालोपत्रे अन्तिम चरणमा– गोकर्णेश्वर

निर्माण सञ्चार, २६ कात्तिक काठमाडौं

गोकर्णेश्वर नगरपालिका अन्तर्गत पर्ने जोरपाटी सुन्दरीजल सडक खण्डको निर्माण पूरा हुने भएको छ ।

वर्सौंदेखि कालोपत्रे हुन नसकी स्थानीयले समेत वर्षा याममा सडके हिलोमा रोपाई रोपेर विरोध गरेको यो सडकको निर्माण कार्य अब अन्तिम चरणमा पुगेको हो । 
गोकर्णेश्वर नगरपालिका अन्तर्गत पर्ने जोरपाटी–सुन्दरीजल सडक खण्ड कालोपत्रे अघिको निर्माण पूरा भएको नगरपालिका स्रोतले बताएको हो ।

नगरपालिका स्रोत अनुसार उक्त सडक खण्डमा कालोपत्रेको काम यही २७ र २८ गते सम्पन्न हुँदै छ ।

कालोपत्रे गर्नुअघि धुले सडकका रुपमा सेट गरिइसकेको सडक केही दिन सुख्खा राख्नुपर्ने हुन्छ । स्थानीयलाई समेत उक्त सडकमा पिच गर्नुअघि सडकमा पानी नहाल्न २२ गते सूचना नै जारी गरेर नगरपालिकाले अनुरोध गरेको छ । 

कात्तिक मसान्तसम्ममा कालोपत्रे सम्पन्न भएमा यस क्षेत्रका जनताले अब भने यो वर्षदेखि वर्षा याममा हिले र हिउँदमा हिले सडक हिँड्नु पर्ने छैन ।

०००
 



प्रकाशित: २०७८ कार्तिक २८
November 14th 2021

सरस्वती चौलागाईं

सहकारी तथा बजार सम्बन्धित हुनुहुन्छ