जोरपाटी–सुन्दरीजल सडक खण्ड निर्माण सम्पन्न हुँदै– कालोपत्रे अन्तिम चरणमा– गोकर्णेश्वर
निर्माण सञ्चार, २६ कात्तिक काठमाडौं ।
गोकर्णेश्वर नगरपालिका अन्तर्गत पर्ने जोरपाटी सुन्दरीजल सडक खण्डको निर्माण पूरा हुने भएको छ ।
वर्सौंदेखि कालोपत्रे हुन नसकी स्थानीयले समेत वर्षा याममा सडके हिलोमा रोपाई रोपेर विरोध गरेको यो सडकको निर्माण कार्य अब अन्तिम चरणमा पुगेको हो ।
गोकर्णेश्वर नगरपालिका अन्तर्गत पर्ने जोरपाटी–सुन्दरीजल सडक खण्ड कालोपत्रे अघिको निर्माण पूरा भएको नगरपालिका स्रोतले बताएको हो । नगरपालिका स्रोत अनुसार उक्त सडक खण्डमा कालोपत्रेको काम यही २७ र २८ गते सम्पन्न हुँदै छ । कालोपत्रे गर्नुअघि धुले सडकका रुपमा सेट गरिइसकेको सडक केही दिन सुख्खा राख्नुपर्ने हुन्छ । स्थानीयलाई समेत उक्त सडकमा पिच गर्नुअघि सडकमा पानी नहाल्न २२ गते सूचना नै जारी गरेर नगरपालिकाले अनुरोध गरेको छ । कात्तिक मसान्तसम्ममा कालोपत्रे सम्पन्न भएमा यस क्षेत्रका जनताले अब भने यो वर्षदेखि वर्षा याममा हिले र हिउँदमा हिले सडक हिँड्नु पर्ने छैन । ०००
प्रकाशित: २०७८ कार्तिक २८

November 14th 2021
प्रतिक्रिया दिनुहोस्