नेपाली समय: ११:४९:५१ राती
वि.सं २०७६ कार्तिक २   शनिवार

चल्ने भो उपत्यकामा बिजुली बसः मुख्यमन्त्री पौडेलकै अगाडि मेयरद्वय विद्यासुन्दर र चिरिबाबुको कस्तो छ सहमति ?

निर्माण सञ्चार, १६ असार, काठमाडौं । काठमाडौं, ललितपुरका दुई मेयरलाइै आमन्ने सामन्ने राखेर प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार एउटा सम्झौता गराए, उपत्यकामा बिजुली बस सञ्चालन गराउने ।

उपत्यकालाई धुलोमुक्त बनाउने उद्देश्य बमोजिम प्रदेश ३ सरकारल काठमाडौं र ललितपुर महानगरका बीचमा साझा यातायात प्रालीसँग सम्झौता गराएको हो ।

साझा यातायातले बस हाल्ने छ भने पुँजी लगानी ३ नम्बर प्रदेशले गर्ने छ, बिजुली बस सञ्चालन भने साझाले गर्ने छ ।

सोमबार भएको सम्झौता अनुसार विद्युतीय बस खरिदका लागि प्रदेश ३ सरकारले साझा यातायात प्रा.लि.लाई ३० करोड रुपियाँ हस्तान्तरण गरेको छ ।

सम्झौतामा उल्लेख भए अनुसार उक्त कार्यक्रमका लागि थप काठमाडौं महानगरले १० करोड तथा ललितपुर महानगर र साझा यातायातका लागि साँढे २–२ रुपियाँको लगानी दायित्व रहने छ ।
यसका लागि ललितपुर महानगरले सोमबार नै २ करोड ५० लाख रुपियाँको चेक हस्तान्तरण गरेको छ ।

काठमाडौं उपत्यकालाई धुलोमुक्त बनाउने भन्दै मुख्य मन्त्री पौडेलले काठमाडौं उपत्यमा थप फ्लाई ओभर, आकासे पुल जस्ता भौतिक संरचनाहरु पनि बनाइने छ ।
सोमबारबाटै सेवा सुरु गर्ने भनिएका बसहरुको रुट व्यवस्थापन पनि भइसकेको छ । मुख्यमन्त्री पौडेलले 

सोही उद्देश्य बमोजिम लपु महानगरले युरो ४ मापदण्डका २० वटा बस साझा यातायातलाई हस्तान्तरण गरेको पनि छ ।
साझा यातायात प्रलि, युरो, 

०००

 

To see front face coverage, click here



प्रकाशित: २०७६ आषाढ १६
July 1st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार