नेपाल उद्योग परिसंघको प्रवक्तामा उपाध्यक्ष कृष्णप्रसाद अधिकारी
निर्माण सञ्चार, १५ साउन, काठमाडौं । नेपाल उद्योग परिसंघको पदाधिकारी समितिको बैठकले परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीलाई परिसंघको प्रवक्ता तोकेको छ ।
प्रवक्ताको जिम्मेवारी सम्हाल्दै उपाध्यक्ष अधिकारीले निजी क्षेत्रले उठाएका एजेण्डाहरुलाई स्थापित गर्दै परिसंघको भूमिका बढाउन आफू क्रियाशिल रहने बताएका छन् ।
सरकार तथा सार्वजनिक सरोकारका सबै निकायसँग थप साझेदारी तथा समन्वय विस्तारमा आफ्नो प्रयास केन्द्रित रहने पनि उपाध्यक्ष तथा प्रवक्ता अधिकारीले उल्लेख गरे ।
चितवन उद्योग संघको पूर्व अध्यक्ष रहेका अधिकारीले परिसंघमा यस अघि पनि परिसंघ प्रदेशहरुको सञ्जाल विस्तार र जिल्ला संघहरुसँगको सम्बन्ध बढाउने कार्यमा सफलतापूर्वक जिम्मेवारी निभाउँदै आएका छन् ।
०००
प्रकाशित: २०७६ साउन १५
प्रकाशित: २०७६ साउन १५
July 31st 2019
प्रतिक्रिया दिनुहोस्