नेपाली समय: ०२:२७:४९ बिहान
वि.सं २०८० मंसिर २१   बिहीवार

नाडा अटो शोमा कस्ता छन् बाइक ? कस्तो रोज्ने, कस्तो किन्ने ?

निर्माण सञ्चार, ११ भदौ, ०७६, काठमाडौं । पछिल्लो समय तराई लगायत पहाडको अधिकांश क्षेत्रमा बाटोको सुविधा पुगेपछि दुई पांग्रे सवारीसाधनको पनि माग ह्वात्तै बढेको छ। शहरी तथा अर्धशहरी क्षेत्रका मध्यम र न्यूनमध्यम वर्गका मानिसहरुले दैनिक ओहोर दोहर गर्न पांग्रे सवारीसाधन मोटरसाइकल प्रयोग गर्ने गरेको देखिएको छ।

पछिल्लो सयम मोटरसाइकलको विशेषताअनुसार सस्तोदेखि महँगो मूल्यमा सजिलै बजार मोटरसाइकल पाउन थालिएको छ। कामकाजी नेपालीको सबैभन्दा लोकप्रिय सवारी साधान नै  मोटरसाइकल परेको देखिन्छ।  काठमाडौं उपत्यकाको ट्राफिक जाम होस वा ग्रामीण धुलाम्मे सडकमा होस्, मोटरसाइकल उत्तिकै उपयोगी सावित भएको छ । 

बैंक तथा वित्तीय संस्थाले खरिदमा सहज ऋण दिन थालेपछि यसको माग अझै बढेको गएको विक्रेताहरु बताउँछन् ।अहिले नेपालमा पनि मोटरसाइकल उत्पादन हुन्छ । हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपालमा प्लाटिना, डिस्कभर र पल्सर बाइक नेपालमै उत्पादन गर्छ । यसबाहेक भारत, चीन, बंगलादेश र थाइल्याण्ड जस्ता देशमा उत्पादन भएका मोटरसाइकल नेपाली बजारमा उपलब्ध छन् ।

अटोमोवाइल्स् एशोशियसन अफ नेपालको (नाडा) आयोजनामा मंगलबारबाट नाडा अटो शो २०१९ मेला सुरु भएको छ। काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा सुरु भएको यो मेला नाडाको १४औं संस्करण हो। सोही मेलामा पाइने कुन बाइकको मूल्य कति पर्छ र कति इन्जिन क्षमताको छ भन्ने बारेमा जानकारी यसप्रकार छ।

बजाजका बाइकः मूल्य १ लाख ६५ हजारदेखि ३ लाख ४० हजारसम्म

बजाज कम्पनीका मोटरसाइकलको नेपाली आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी हो । यो कम्पनीले बजाजका केही ब्राण्ड नेपालमा एसेम्बलिङ गर्ने गरेको छ ।

बजाज ब्राण्डका मोटरसाइकलको सबैभन्दा सस्तो मोडलको १ लाख ६४ हजार ९ सय रुपैयाँ छ भने सबैभन्दा महंगो बाइकको मूल्य ३ लाख ३९ हजार रुपैयाँ छ ।

यामाहाका बाइकः मूल्य १ लाख ८८ हजारदेखि ९ लाख २५ हजारसम्म

यामाहा कम्पनीका मोटसाइकलको नेपाली आधिकारिक वितकर एमएडब्लु इन्टरप्राइजेज हो । नेपालमा पाइने यसका अधिकांश उत्पादन भारतमा बनेका हुन् भने एउटा मोडल चीनमा बनेको पनि नेपालमा उपलब्ध छ ।

यामाहाका स्कूटरको मूल्य १ लाख ८६ हजार रुपैयाँदेखि २ लाख २ हजार ९ सय रुपैयाँसम्म पर्छ । यस्तै मोटरसाइकलको मूल्य १ लाख ८७ हजार ९ सय रुपैयाँदेखि महंगोमा ९ लाख २४ हजार ९ सय रुपैयाँसम्म पर्छ ।

सुजुकीका बाइकः मूल्य १ लाख ८० हजारदेखि ३ लाख ३० हजारसम्म

सुजुकी ब्राण्डका मोटरसाइकलको नेपाली आधिकारिक वितरक भिजी अटोमोवाइल्स हो । यो कम्पनीका ५ मोडलका मोटरसाइकल र ३ मोडलका स्कूटर नेपाली बजारमा उपलब्ध छन् ।

सुजुकीको मोटरसाइकलमा सबैभन्दा सस्तोको मूल्य १ लाख ७९ हजार ९ सय रुपैयाँ छ भने सबैभन्दा महंगो मोटरसाइकलको मूल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ छ ।

हिरोका बाइक मूल्य १ लाख ६६ हजारदेखि ३ लाख २३ हजारसम्म

हिरो ब्राण्डका मोटरसाइकलको नेपाली आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ हो । हिरोको मोटरसाइकल र स्कूटर दुबै नेपाली बजारमा उपलब्ध छन् ।

नेपालमा हिरोको ४ मोडलका स्कूटर र १२ मोडलका मोटरसाइकल उपलब्ध छन् । स्कूटरको मूल्य १ लाख ७६ हजार ५ सय रुपैयाँदेखि २ लाख ६ हजार रुपैयाँसम्म पर्छ ।

यस्तै हिरोकै मोटरसाइकलको मूल्य १ लाख ६६ हजार ५ सय रुपैयाँदेखि ३ लाख २३ हजार रुपैयाँसम्म पर्छ ।

टिभीएस बाइकः मूल्य १ लाख ८० हजारदेखि ७ लाख ८० हजारसम्म

टिभिएर मोटरसाइकलको नेपाली आधिकारिक वितरक जगदम्बा मोटर्स हो । नेपालमा टिभीएस कम्पनीका ९ मोडलका मोटरसाइकल र ८ मोडलका स्कूटर पाइन्छन् ।

टिभीएसका स्कूटरको मूल्य सस्तोमा १ लाख २८ हजार ९ सय रुपैयाँदेखि महंगोमा ५ लाख ३४ हजार ९ सय रुपैयाँसम्म छ ।

यस्तै टिभीएसका मोटरसाइकलहरुमा सस्तोमा १ लाख ७९ हजार ९ सय रुपैयाँदेखि महंगोमा ७ लाख ७९ हजार ९ सय रुपैयाँसम्म छ ।

होण्डाको बाइकः मूल्य २ लाख ११ हजारदेखि ३१ लाख ५० हजारसम्म

होण्डा कम्पनीको मोटरसाइकलको नेपाली आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी हो । यो कम्पनीका ९ मोडलका स्कूटर र १७ मोडलका मोटरसाइकल नेपाली बजारमा उपलब्ध छन् ।

होण्डाका स्कूटरमा सस्तोमा १ लाख ५४ हजार ९ सय रुपैयाँदेखि महंगोमा २ लाख २६ हजार ९ सय रुपैयाँसम्म छ ।

यस्तै होण्डाका मोटरसाइकलमा सस्तोमा २ लाख ५ हजार ९ सय रुपैयाँदेखि महंगामा ३१ लाख ५० हजार रुपैयाँसम्म छ ।

रनरका बाइकः मूल्य १ लाख ५२ हजारदेखि ४ लाखसम्म

रनर मोटरसाइकलको नेपाली आधिकारिक वितरक रमन मोटर्स हो । यो कम्पनीका ९ मोडलका मोटरसाइकल र एउटा स्कूटर नेपाली बजारमा उपलब्ध छ ।

रनरका मोटरसाइकलको मूल्य १ लाख ५२ हजार रुपैयाँदेखि ३ लाख ९९ हजार रुपैयाँसम्म छ । स्कूटरको मूल्य भने १ लाख ८९ हजार रुपैयाँ छ ।

जीपीएस बाइकः मूल्य ३ लाख ९७ हजारदेखि ५ लाख ८४ हजारसम्म

जीपीएस कम्पनीका मोटरसाइकलको नेपाली आधिकारिक वितरक ओमेगा अटोमोबाइल्स हो । यो कम्पनीका ३ वटा मोडलका मोटरसाइकल नेपाली बजारमा उपलब्ध छन् ।

जीपीएसको सबैभन्दा सस्तो मोटरसाइकलको मूल्य ३ लाख ९६ हजार ७ सय रुपैयाँ छ भने सबैभन्दा महंगो मोटरसाइकलको मूल्य ५ लाख ८३ हजार ७ सय रुपैयाँ छ ।

 

 

000....



प्रकाशित: २०७६ भाद्र ११
August 28th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार