मेलम्चीका पेटी ठेकेदारको बक्यौता दिन सकिदैनः खानेपानी मन्त्रालय
निर्माण सञ्चार, १८ भाद्र, काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको पेटी ठेकेदारको बक्यौता रकम भुक्तानी गर्न नसकिने स्पष्ट पारेको छ। खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले सिएमसी कम्पनीसँग काम गरेका ठेकेदारहरुको बक्यौता रकम सरकारले कानुनी रुपमै पनि भुक्तानी दिन नमिल्ने बताए।
सार्वजनिक लेखा समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा उनले भने, 'इटालियन कम्पनी सीएमसीले काम लगाएका ६ सय ८० मजदुरको ३ करोड २० लाख भुक्तानी दिइन्छ। तर पेटी ठेकेदारको बक्यौता रकम भुक्तानी गर्न सकिदैँन।' मजदुरहरुले पहिलेको भुक्तानी नभएसम्म काम नगर्ने अडान लिइरहेका बेला मन्त्रालयले यस्तो निर्णय गरेको उनले बताए। उनले सो कम्पनीसँग काम गरेका ठेकेदारहरुले करिव १ अरव ३५ करोड भुक्तानी उपलब्ध गराई दिन निवेदन दिएको उल्लेख गर्दै त्यसो गर्न कानुनी रुपमै नमिल्ने तर्क गरे। स्थानीय ठेकेदारको माग सम्बोधन नभए मेलम्चीको काम अघि बढाउन सहज छैन। छलफलमा खानेपानी मन्त्रालयका सचिव बेल्वासे, मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यप्रसाद कँडेल, कर्मचारी र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रतिनिधि सहभागी थिए। सांसदहरुले इटालियन ठेकेदार कम्पनी सीएमसीले छोडेपछि यत्तिको समयसम्म किन काम नगरेको, गुणस्तरिता नभएको, स्थानीय मजदुर र ठेकेदारहरु भुक्तानीको विषय राखेका थिए। बैठकमा लेखराज भट्ट, राजेन्द्रकुमार केसी, सूर्यप्रसाद पाठक, मिना बुढाथोकी, प्रेम आले लगायतले बोलेका थिए।
प्रकाशित: २०७६ भाद्र १८

September 4th 2019
प्रतिक्रिया दिनुहोस्