नेपाली समय: ११:५८:५४ राती
वि.सं २०७६ मंसिर २०   शुक्रवार

मेलम्चीको पानी अब आउने ग्यारेन्टी के छ?

निर्माण सञ्चार, १८ भाद्र, काठमाडौं । सांसदहरुले मेलम्चीको पानी अब आउने ग्यारेन्टी के छ ? भनी मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यप्रसाद कँडेललाई प्रश्न गरेका छन्। सार्वजनिक लेखा समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा सत्तारुढ तथा प्रतिपक्षका सांसद्हरुले यत्तिका वर्ष ल्याउन नसकेको मेलम्चीको पानी अब आउछ? भनी प्रश्न दाेहर्याएका थिए।

झन्डै ९ महिनादेखि अवरुद्ध मेलम्ची खानेपानी आयोजनाका विषयमा लेखा समितिले सम्बन्धित निकायका अधिकारीलाई बोलाएर बुधबार छलफल गरेको हो। सोही छलफलको क्रममा उक्त प्रश्नको जवाफ दिने क्रममा खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले मेलम्ची आयोजनाको काम पुनस् सञ्चालनमा आएको १० महिनाभित्र काठमाडौंमा पानी आइपुग्ने बताए।

आयोजनाको काम जति सक्दो चाँडो अघि बढाउने तयारी रहेको भन्दै सचिव बेल्वासेले पीडित मजदुरहरुको ज्याला सरकारले दिने तयारी भइरहेको जानकारी दिए। छलफलमा खानेपानी मन्त्रालयका सचिव बेल्वासे, मेलम्ची खानेपानी आयोजनाका प्रमुख कँडेल, कर्मचारी र काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०का प्रतिनिधि सहभागी थिए।

सांसदहरुले इटालियन ठेकेदार कम्पनी सीएमसीले छोडेपछि यत्तिको समयसम्म किन काम नगरेको, गुणस्तरिता नभएको, स्थानीय मजदुर र ठेकेदारहरु भुक्तानीको विषय राखेका थिए। बैठकमा लेखराज भट्ट, राजेन्द्रकुमार केसी, सूर्यप्रसाद पाठक, मिना बुढाथोकी, प्रेम आले लगायतले बोलेका थिए।



प्रकाशित: २०७६ भाद्र १८
September 4th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार