किन पक्राउ परे कांग्रेस सांसद अफ्ताव आलम ? ‘बम विष्फोटमा घाइते १३ लाई कसले ज्यूँदै जलाउन लगाएको थियो ?’
निर्माण सञ्चार, २६ असोज, काठमाडौं । ०६४ चैतमा भएको पहिलो संविधान सभा निर्वाचनको बम काण्डमा संलग्न भएको अभियोगमा नेपाली कांग्रेसका सांसद महोम्मद अफ्ताव आलम रौतहटको गौरबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरीले जनाए अनुसार आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमै राखिएको छ । आलम रौतहट क्षेत्र नं २ बाट निर्वाचित काँग्रेस सांसद हुन् ।
प्रकाशित: २०७६ आश्विन २६
पहिलो संविधानसभाको निर्वाचनमा उनले बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लगाएको र बम बनाउने क्रममा विस्फोट भई घाइते भएका १३ जनाई नजिकैको इँटाभट्टामा जलाएर मारेको उनीमाथि अभियोग छप्रहरी प्रधान कार्यालय काठमाडौँबाट सादा पोसाकमा खटिएको प्रहरी जवान टोलीले आलमलाई आइतबार बिहान उनकै निजी निवास राजपुर फरहदवा राजपुर गाउँबाट पक्राउ गरेको हो ।
के छ अभियोग ?
पहिलो संविधानसभाको निर्वाचनमा उनले बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लगाएको र बम बनाउने क्रममा विस्फोट भई घाइते भएका १३ जनाई नजिकैको इँटाभट्टामा जलाएर मारेको उनीमाथि अभियोग छ । पछि उनीमाथि कारबाहीको माग बढेको थियो । तर, प्रहरीले उनलाई समाउन मानेको थिएन । जुन अभियोगमा उनलाई अदालतले समेत कारबाहीको आदेश दिएको थियो उनले प्रहरी पुग्दा सम्पूर्ण प्रमाण नष्ट समेत गरेका थिए । उनीमाथि प्रमाण नष्ट गरेको आरोप पनि छ । बाम बनाउने क्रममा विष्फोटनमा परी घाइते भएका मध्ये १३ लाई उनले इँटा भटटमा जलाएर मारेका थिए । मारिनेमा भारतीय र नेपाली नागरिक भएको बताइएको छ । विस्फोटनमा घाइते भएपछि जलाइएका दुईजना नेपाली युवाहरु त्रिलोकप्रताप सिंहका बाबु र कौशी अख्तर मियाकी आमाले आलममाथि कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । घटना रौतहटको राजपुर–४ खरहवामा भएको थियो । तर, प्रहरीले आलमबिरुद्ध जाहेरी लिन नमानेपछि मृतकका अविभावकहरुले दोषीमाथिको जाहेरी निवेदनका लागि सर्वोच्च अदालतमा रिट दिएका थिए । रिटमाथि सुनुवाई गर्दै तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले १६ जेठ २०६९ मा दोषी आरोपित आलमसहित ५ जनालाई गिरफ्तार गरी कारवाही गर्न आदेश दिएको थियो । अदालतले आदेश दिदा पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन । तर, यसपाला पक्राउ गरेको छ । ००० पढौं यो पनि आलमलाई सांसदबाट निलम्बनः १३ जनालाई इँटा भट्टामा जलाइएबारे होला त न्याय अब ?प्रकाशित: २०७६ आश्विन २६
October 13th 2019
प्रतिक्रिया दिनुहोस्