‘अब ७ सय ५३ पालिकामै कम्तीमा एउटा पर्यटकीय गन्तव्य तोकेर जानु पर्छ’ पूर्वमन्त्री आनन्द पोखरेल
निर्माण सञ्चार, १७ पुस, काठमाडौं । तत्कालीन सरकार (प्रधानमन्त्री ओली नेतृत्वको) का संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रहेका नेकपा नेता आनन्द पोखरेलले यतिबेला बेलायतका राजकुमार ह्यारीको सम्झना गरेका छन् ।
नेपाल भ्रमण वर्ष २०२० घोषणा भएकै सँघारमा पूर्वपर्यटनमन्त्री पोखरेलले बेलायती राजकुमार ह्यारीको सम्झना गरेका हुन् ।
https://www.youtube.com/watch?v=TeLWD5FLfl8
०००
प्रकाशित: २०७६ पौष १७
- मन्त्री पोखरेलले नेपाल भ्रमण वर्ष २०२० सफल हुने दाबी
अब १० वर्षे भिजन चाहिन्छ, प्रत्येक पालिकामा पर्यटकीय गन्तव्य तोकेर ५० लाख पर्यटक भित्र्याउनु पर्छ
निर्माण सञ्चारसँगको भिडियो अन्तर्वार्तामा मन्त्री पोखरेलले अबको त्यतिबेला १० वर्षभित्रको पर्यटन रणनीति तयार गरी घोषणा गरेको भ्रमण वर्ष विगतका अरु सरकारले नसम्झिए प्रति पनि दुख व्यक्त गरे । उनले भने, ‘जुन सरकार आए पनि मुलुकको समृद्धिको कुरा थियो । तर, अन्य सरकारका मन्त्रीहरुले यो कार्यक्रमलाई वास्तै गरेनन् ।’ उनले अघि भने, ‘नेकपा अध्यक्ष रहनु भएका प्रधानमन्त्री ओली नेतृत्वकै सरकारको पर्यटनमन्त्री सम्हाल्न पुग्नुभएका स्वर्गीय मन्त्री रवीन्द्र अधिकारीले यसलाई निरन्तरता दिनु भयो । कार्यक्रम नै घोषणा गरेर अघि बढ्नु भएको थियो । तर, उहाँ नभएपनि यो कार्यक्रमको सफलताको श्रेय लिने गरी नै वर्तमान मन्त्री योगेश भट्टराईले यो उचाइ दिनु भयो । म त खुसी छु नै । यो कार्यक्रमले सरकारको समृद्धिको अभियानमा क्रान्तिकारी टेवा दिनेमा म ढुक्क छु ।’ मन्त्री पोखरेलले नेपाल भ्रमण वर्ष २०२० सफल हुने दाबी समेत गरेका छन् । नेता पोखरेल संयुक्त राष्ट्र संघले निर्देशन गरेको २०३० भित्र नेपाल मध्यम आय भएको मुलुक बन्न पनि पर्यटनलाई नै उद्योगका रुपमा माथि उठाएर आर्थिक समृद्धिको मुख्य कडी बनाउनु पर्ने बताउँछन् । उनले भने, ‘त्यसका लागि मेरो पालामा तय गरेको १० वर्षे रणनीतिलाई समीक्षा गर्दै अर्काे दश वर्षीय रणनीति तयार गर्नु राम्रो होला कि जस्तो लाग्छ । र अबको १० वर्षमा ५० लाख पर्यटक भित्र्याउने गरी आजकै दिनदेखि यो अभियान अघि बढाउनु पर्छ ।’ उनका अनुसार भ्रमण वर्ष २०२० अन्तिम नभएर आरम्भ मात्र हो । यसलाई नै विकास गर्दै अबका दिनमा प्रत्येक गाउँपालिकाहरुमा कम्तीमा एउटा पर्यटकीय गन्तव्य तोकेर सरकार अघि बढ्नु उपयुक्त हुने छ । उनले भने, ‘अब १÷२ लाख पर्यटक हैन ५० लाख पर्यटक भित्र्याउने सोच अघि सार्नु पर्छ । त्यो सम्भव छ । हरेक पालिकामा एउटा पर्यटकीय गन्तव्य घोषणा नै गरी काम अघि बढाउनु उपयुक्त हुन्छ ।’ तत्कालीन पर्यटन मन्त्री पोखरेलले निर्माण मिडियासँगको साक्षात्कारमा जे भने, त्यसको पूर्ण भिडियो कभरेज यहाँ प्रस्तुत गरिएको छ– भिडियो अन्तर्वार्ता०००
प्रकाशित: २०७६ पौष १७
January 2nd 2020
प्रतिक्रिया दिनुहोस्